BIZMANDU
www.bizmandu.com

दूरसंचार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायकको इजाजत खारेज गर्यो, नवीकरण नगर्दा खारेजीमा

२०७५ कात्तिक १४


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको इजाजत खारेज गरिदिएको छ ।

Tata
GBIME
Nepal Life

इमेल सहितको सेवा सञ्चालन गर्नको लागि अनुमति लिएको लुम्बिनी नेट प्रालि र स्याङ्गजा इन्टरनेटको इजाजत खारेज गरिदिएको हो ।

दूरसंचार ऐन २०५३ ले तोकिएको म्यादभित्र इन्टरेनट सेवा प्रदायकले अनुमतिपत्र नविकरण नगराएमा त्यस्तो अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था गरेको छ ।

दुवै सेवा प्रदायकले २०७० सालमा इन्टरनेट सेवा प्रदान गर्ने भन्दै प्राधिकरणबाट अनुमति लिएका थिए ।

अनुमति पत्र नविकरण गर्नको लागि अनुमतिपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको अवधिभित्र प्राधिकरण समक्ष निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ ।

लुम्बिनी नेट प्रालिको कात्तिक १० र स्याङ्जा इन्टरनेटको कात्तिक १२ गतेबाट अनुमतिपत्र खारेज भएको प्राधिकरणले बताएको छ ।