काठमाडौं। इसेवा फोन पेले तिहारलाई लक्षित गर्दै हवार्इ टिकटमा विभिन्न योजना ल्याएको छ। योजना अन्तर्गत तीन जना भाग्यशाली विजेता घोषित हुने कम्पनीले जनायो।
कम्पनीका अनुसार एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शत प्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार इसेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने । यो योजना कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।
इसेवाले यसअघि दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । त्यो योजनामा करिब तीन सय भन्दा बढिले उपहार जित्न सफल भएको कम्पनीले जनाएको छ।