BIZMANDU
www.bizmandu.com

घर अपार्टमेन्ट किन्ने योजनामा हुनुहुन्छ ? कस्तो किन्ने, कति दाम हाल्ने ? हेर्नुस पाँच टिप्स

२०७५ कात्तिक १०

घर अपार्टमेन्ट किन्ने योजनामा हुनुहुन्छ ? कस्तो किन्ने, कति दाम हाल्ने ? हेर्नुस पाँच टिप्स
घर अपार्टमेन्ट किन्ने योजनामा हुनुहुन्छ ? कस्तो किन्ने, कति दाम हाल्ने ? हेर्नुस पाँच टिप्स


व्यवसायिक रूपमा बनाइएका हाउजिङ तथा अपार्टमेन्ट होस् वा व्यक्तिगत रूपमा निर्माण गरिएका घर,  खरिद गर्दा दुईवटा पक्ष विश्लेषण गर्नुपर्छ— सामाजिक र प्राविधिक। 

Tata
GBIME
Nepal Life

घर कुनै पनि व्यक्तिका लागि प्राथमिक कार्यस्थल भएकाले सबैले सहज र शान्त स्थान बढी रुचाउँछन्। घर खरिद गर्दा कुन ठाउँमा बनेको छ भन्ने प्रमुख विषय हो। यस्तै, घर निर्माण गरिएको जग्गा र भू–बनोट, वरिपरिको बस्ती वा बसोबास तथा समाजबारे ध्यान दिनुपर्छ। यो घर खरिद गर्दा विचार गर्नुपर्ने सामाजिक पाटो हो।

यस्तै, प्राविधिक पाटोबाट हेर्नुपर्ने सर्वाधिक महत्वपूर्ण कुरा घर सुरक्षित तरिकाले बनाइएको छ कि छैन भन्ने हो। बाहिरबाट झट्ट हेर्दा घर चिटिक्क देखिन सक्छ। यद्यपि, इन्जिनीयरको सहयोगमा घरको नक्साअनुरूप त्यसको संरचना (स्ट्रक्चर) सही ढंगले बनाइएको छ/छैन भन्ने कुरा विश्लेषण गर्नुपर्छ। यससँगै, घर बनाउँदा कस्तो गुणस्तरको निर्माण सामग्री प्रयोग भएको छ भन्ने प्राविधिकको सहयोगमा जाँच गर्नुपर्छ। 

नेपाल भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील क्षेत्र हो। यसैले घरको संरचना भूकम्पीय जोखिमलाई ध्यानमा राखेर बनाइएको छ/छैन भन्ने पनि यकीन गर्नुपर्छ  पर्खालहरूमा सिमेन्टको सही प्रयोग भएको छ कि छैन भन्ने कुरा उपभोक्ताले बुझ्नुपर्छ। किनकि रङरोगन गरेपछि पर्खालको यथार्थ स्वरूप छेकिन सक्छ। 

घर किन्दा ध्यान दिनुपर्ने तेस्रो पक्ष ‘कम्फर्ट’ (सुबिस्ता) हो। आफूले खरिद गर्ने घर आफ्नो संस्कृति र रुचिअनुकूल छ कि छैन हेर्नुपर्छ। कोठाको आकार, मोहडा ख्याल गर्नुपर्छ। 

‘बजेट’ घर किन्दा हेर्नुपर्ने अर्को महत्त्वपूर्ण पक्ष हो। खरिद गर्न लागेको घर तपाईंको बजेटमा आउँछ/आउँदैन भन्ने विचार पुर्याउनुपर्छ। त्यसैगरी, नेपाली संस्कृतिमा वास्तुलाई ध्यान दिएर निर्माण गरिएका घर राम्रो मानिन्छ। 

माथि उल्लेख गरिएका पाँच कुराहरूपछि मात्र ‘घरको सुन्दरता’ लाई ख्याल गर्नुपर्छ। किनकि घरको सुन्दरताभन्दा त्यसको संरचना गुणस्तरीय छ÷छैन भन्ने विषयमा बढी हेक्का राख्नुपर्छ। 

घर किन्दा हेर्न छुटाउन नहुने अर्को कुरा ‘सिपेज’ हो। रङ खुइलिएको भए पुनः लगाउन सकिन्छ । तर, ढलान वा पर्खाल रसाउने समस्या देखिए संरचना नै पुनर्निर्माण गर्नुपर्ने हुन सक्छ। घरमा गरिएको प्लम्बिङ, विद्युतीय वायरिङ र यी दुवैको प्रणालीमा समेत विशेष ध्यान दिनुपर्छ।

घरको उचित मूल्य कसरी थाहा पाउने?
घर खरिद गर्न लागेको क्षेत्रमा जग्गाको चलनचल्तीको मूल्यबारे राम्ररी बुझ्नुहोस्। अहिले घर निर्माणको औसत लागत एक वर्गफीटको ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्छ।

‘वाल बियरिङ’, ‘कोलम’ (पिलर) लगायतका संरचना सामान्य तरिकाले निर्माण गरिएको छ भने ३ हजार रुपैयाँ प्रतिवर्गफीटसम्ममा पनि घरहरू बन्छन्। यसको अतिरिक्त राम्रो फिनिसिङ दिइएको र गुणस्तरीय सामग्री प्रयोग गरिएको छ भने मूल्य ५ हजार रुपैयाँ प्रतिवर्गफीटसम्म पर्न सक्छ। यद्यपि, घरको उचित मूल्य निक्र्योल वा तय गर्न घर अवलोकनपछि मात्र सहज हुन्छ।

त्यस्तै, घर विक्रेताले परल वा वास्तविक मूल्यबाट नाफा कति राखेको छ भन्नेमा पनि ध्यान दिनुपर्छ। यस्ता कुरा ख्याल गरियो भने बढी मूल्य तिर्नबाट जोगिन सकिन्छ।
(वरिष्ठ इन्जिनियर विपिन चित्रकारका ५ टिप्स, प्रोपर्टी मासिकबाट)