BIZMANDU
www.bizmandu.com

चीनले समुद्रमाथि बनायो विश्वकै सबैभन्दा लामो पुल, बिहीबारदेखि संचालनमा आउने पुल पाँच तस्वीरमा

२०७५ कात्तिक ३


चीनमा बनेको विश्वकै सबैभन्दा लामो समुद्री पुल आगामी बिहीबारदेखि खुला हुने भएको छ।

Tata
GBIME
Nepal Life

हङकङ-जुहाइ-मकाउ जोड्ने यो पुल ५५ किलोमिटर लामो छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले दिएको जानकारी अनसार पर्ल रिवर एक्सचुरीको लिङदिंग्याङ जल क्षेत्रमा बनेको पुल हालसम्मकै लामो समुन्द्री पुल हो।

अर्बौ डलरको यो परियोजना सन् २००९ मा सुरु भएको थियो।

पुल संचालनमा आएपछि हङकड्डदेखि जुहाइसम्मको यात्राको समय तीन घण्टाबाट घटेर आधा घण्टामा सिमित हुने भएको छ।

यस पुलले पर्ल नदीको मुहानमा रहेका धेरै शहरहरुलाई समेत जोड्ने बताइएको छ।