BIZMANDU
www.bizmandu.com

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का, सात वटा सेवा निशुल्क दिने

२०७५ असोज २८

काठमाडौं। नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ। 

Tata
GBIME
Nepal Life

यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने विज्ञप्तिमा जनाएको छ। 

ग्राहकले निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ/एसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन्। बैंकले १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने छ। 

बैंकका ४३ वटा शाखा, ७ वटा शाखा रहित बैंकिङ सेवा केन्द्र र ४३ वटा एटिएम बुथ छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सेवा बढाउँदै लैजाने बताए।