BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा सर्वसाधारणले साट्न पाएनन्, बढि २ हजार मात्र

२०७५ असोज २६

राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा सर्वसाधारणले साट्न पाएनन्, बढि २ हजार मात्र
राष्ट्र बैंकले नयाँ नोट नपठाउँदा सर्वसाधारणले साट्न पाएनन्, बढि २ हजार मात्र

हुम्ला। नेपालीको ठूलो चाड बडादशैं लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ। यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो।

Tata
GBIME
Nepal Life

दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताए। नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ। 

बैंकको सिमकोट शाखासँग २० का नोट केही मात्रामा भएको र नयाँ पैसा साट्न आउने ग्राहकलाई एकदेखि दुई हजार मात्र दिने गरेको बोहराले बताए।

५, १०, ५० र १०० का नयाँ नोट नभएर ग्राहकलाई दिन नसकिएको उनले बताए। अहिले बैंकसँग भएका पैसा गत वर्षकै भएको र त्यो पैसा पनि सकिन लागेकाले अबको दिनमा नयाँ नोट साट्न आउने ग्राहकलाई दिन नसकिने बोहराले बताए।