BIZMANDU
www.bizmandu.com

आँखु खोलाको आइपिओ भर्ने आज अन्तिम दिन, खराब रेटिङ पाए पनि मागेभन्दा बढि पर्यो आवेदन 

२०७५ असोज २६

आँखु खोलाको आइपिओ भर्ने आज अन्तिम दिन, खराब रेटिङ पाए पनि मागेभन्दा बढि पर्यो आवेदन 
आँखु खोलाको आइपिओ भर्ने आज अन्तिम दिन, खराब रेटिङ पाए पनि मागेभन्दा बढि पर्यो आवेदन 


काठमाडौं। आँखु खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आइपिओमा पहिलो चरणमै पर्याप्त आवेदन परेसँगै आजदेखि निष्काशन तथा बिक्री बन्द हुने भएको छ। सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओमा दोस्रो दिनमा नै दोब्बर बढिको आवेदन परेको थियो। 

Tata
GBIME
Nepal Life

कम्पनीले गत साउनमा स्थानीय प्राभावित क्षेत्रको लागि ८ लाख कित्ता निष्काशन गरेको बिक्री नभएको एक लाख ३७ हजार कित्ता पनि सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो। जम्मा निष्काशन हुने १३ लाख ७६ हजार कित्ता मध्ये ६८ हजार ८०१ कित्ता सामुहिक लगानी कोषको लागि र २७ हजार ५२० कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ। 

सर्वसाधारणले न्युनतम ५० देखि ६ हजार कित्तासम्मको लागि आवदेन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ। 

जम्मा चुक्ता पूँजी ८० करोड रुपेयाँ रहेको कम्पनीको संस्थापक शेयर पूँजी ८० प्रतिशत अर्थात ६० करोड रुपैयाँ रहेको छ भने बाँकी सर्वसाधाणको रहेको छ। इक्रा नेपालका अनुसार कम्पनीले सबै भन्दा खराव रेटिङ इक्रा एनपि आइपिओ ग्रेड ५ प्राप्त गरेको छ। 

२ अर्ब ३६ करोड रुपैयाँको लागत रहेको प्रोजेक्टले ७२ प्रतिशत ऋण र २८ प्रतिशत शेयर पूँजीबाट संकलन गर्ने छ। धादिङको सल्यानकोट र मारपाकमा निर्माण भएको ८.४ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत २८ करोड १० लाख रुपैयाँ रहेको छ। 

सरकारी जलविद्युत कम्पनीले प्रतिमेगावट लागत १२ देखि १५ करोड रुपैयाँमा बनाइरहेको अवस्थामा आखु खोलाको लागत अत्याधित देखिन्छ। लागत नै अधिक भएपछि शेयरधनीले न्युनतम एक सय रुपैयाँ उठाउन पनि झण्डै ९ वर्ष कुर्नु पर्ने कम्पनीले जनाएको छ। संझौता अनुसार कम्पनीले २४ वर्षमा आफ्नो प्रोजेक्ट सरकारलार्इ हस्तान्तरण गर्नु पर्नेछ।