BIZMANDU
www.bizmandu.com

गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच सम्झौंता, हस्तकलाका सामान श्वाश्वतधाममा बिक्री गरिने

२०७५ असोज २५

गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच सम्झौंता, हस्तकलाका सामान श्वाश्वतधाममा बिक्री गरिने
गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच सम्झौंता, हस्तकलाका सामान श्वाश्वतधाममा बिक्री गरिने


काठमाडौं। विपन्नवर्गका हस्तकला उत्पादक कालीगढहरुको उत्पादनको दिगो विकास र वजारसम्मको पहुँच स्थापना गर्न गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

कोषको सदस्यहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्ने उद्देश्यले कोष र फाउण्डेशनवीच वुधबार सम्झौंता भएको हो।सम्झौंतामा कार्यकारी निर्देशक नहकुल केसी र फाउण्डेसनको तर्फवाट प्रवन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरे।“कोषमार्फत गठन भएका उत्पादन समूहका सदस्यमार्फत उत्पादित हस्तकलाका सामग्रीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बजार प्रवर्द्धन, साझा सुबिधा केन्द्रको संस्थागत विकास गर्नुका साथै हस्तकलाकर्मी तथा कलिगढ़हरुको सीप तथा क्षमता अभिवृद्धि गरी राष्ट्रको दिगो तथा समावेशी आर्थिक विकासको चाहना र आवश्यकतालाई संयुक्त रुपमा योगदान गर्नु समझदारीको उद्देश्य रहेको छ ।” सम्झौंतामा भनिएको छ।

गठन भएका हस्तकला सम्बन्धी उत्पादनहरुलाई नवलपरासी जिल्लामा रहेको “शाश्वतधाम”मा रहेको संस्कृति सम्पदा भण्डारमा आवश्यक्ता अनुसार बिक्री स्टलमा राखिने छ । कोषमार्फत गठन भएका साझा सुबिधा केन्द्र, उत्पादन समूह तथा कलिगढ़हरुको विवरण फाउण्डेसनलाई उपलब्ध गराउने छ। कोषसँग रहेका नमुना उत्पादनको प्रदर्शन तथा बजार प्रवद्र्धनका लागि फाउण्डेसनलाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ।

फाउण्डेसनले उत्पादित हस्तकलाका सामाग्रीहरुको बजार प्रबद्र्धन गर्न सहयोग गर्ने सहमतिमा छ। फाउण्डेसनले “उन्नति बजार”मा बिक्री स्टलमार्फत बिक्री एवं प्रवद्र्धनमा सहयोग गर्ने बताइएको छ । वस्तु बिक्रीगर्दा “नेपालको” ब्राण्डनेम प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ । फाउण्डेसनले हस्तकलाका सामान खरिद गर्दा साझा सुबिधा केन्द्र वा उत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्नेछ । खरिदमूल्य समसामयिक र पारदर्शी हुने उल्लेख छ।