BIZMANDU
www.bizmandu.com

मेगा बैंकले दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याउने, मेगा रेमिटको सेवा कोरियासम्म विस्तार

२०७५ असोज २४


काठमाडौं। मेगा बैंकले दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ। ‘मेगा रेमिट’को सञ्जाललाई विस्तार गर्दै कोरिया पुर्याछइएको बैंकले जनाएको छ। 

Tata
GBIME
Nepal Life

दक्षिण कोरियाको जि–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो। 

सम्झौताअनुसार अब दक्षिण कोरियामा रहेका जि–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन सकिन्छ। 

शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले विभिन्न सुविधा पनि दिएको र यो खाता अनलाइनमार्फत कुनै पनि ठाँउबाट खोल्न सकिने बैंकले जनाएको छ। 

यस खातामा ७ प्रतिशत वार्षिक ब्याज पाइने र मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, एबिबिएस, बैंक स्टेटमेन्टलगायतका सुविधाहरु निःशुल्क गरिएको छ। भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको बैंकले उल्लेख गरेको छ।