BIZMANDU
www.bizmandu.com

नेपालगंजको सोल्टी होटललाई ‘बेस्ट डेब्यु ग्रीन होटल’ अवार्ड, वातावरणमैत्री भएकोमा सम्मान

२०७५ असोज २३


काठमाडौं। नेपालगंज स्थित सोल्टी होटलको फ्रेन्चाइज सोल्टी वेस्टेण्ड प्रिमियरले 'बेस्ट डेब्यु ग्रीन होटल'को उपाधी पाएको छ।

Tata
GBIME
Nepal Life

नयाँ दिल्लीमा भएको १४औँ हस्पिटालीटी इण्डिया र एक्सप्लोर द वर्ल्ड एनुअल इन्टरनेश्नल ट्राभल अवार्डमा नेपालगंजमा संचालित सोल्टी वेस्टेण्ड प्रिमीयरलाई सम्मान गरिएको हो।

सोल्टी वेस्टेण्ड प्रिमीयर नेपालगञ्जका अध्यक्ष दिनेश बहादुर विष्टले नयाँ दिल्लीका पर्यटन मन्त्री केजे अल्फोन्सबाट सम्मान ग्रहण गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको पनि सहभागिता रहेको थियो।  

सिल्भर क्याटोगोरीमा रहेको होटल लिडरसीप इन इनर्जी एण्ड इन्भायरमेन्ट डिजाइन 'एलइइड' मा संचालित रहेको कम्पनीले जानकारी दिएको छ। होटलले युएस ग्रीन विल्डीङ काउन्सीलबाट मान्यता प्राप्त गरेको जनाएको छ।

होटलले विद्युत, तापक्रम, पानी, फोहोर लगायतका कुराहरुलाई वातावरणमैत्री रुपमा व्यवस्थापन गर्दै आएको बताएको छ।

कार्बोन फुटप्रिन्ट न्यून गर्नकालागि  होटल परिसरमा विभीन्न रुखहरु रोपिएको पनि होटलले जानकारी दिएको छ।