BIZMANDU
www.bizmandu.com

चुच्चेपाटीस्थित केएल टावरले ल्यायो दशैं स्किम, हात खाली नजाने उपहार

२०७५ असोज २२

चुच्चेपाटीस्थित केएल टावरले ल्यायो दशैं स्किम, हात खाली नजाने उपहार
चुच्चेपाटीस्थित केएल टावरले ल्यायो दशैं स्किम, हात खाली नजाने उपहार

काठमाडौं। चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दसैंतिहारको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशँै तिहार उपहार योजना संचालनमा ल्याएको छ। यो योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन्। 

Tata
GBIME
Nepal Life

हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार राखिएका छन्। 

दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोनलगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामानउपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ। 

साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनिग्राहकले पाउने छन्।

उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमाएक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्ने छन्। कुपनका आधारमा दैनिक तथा साप्ताहिक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ।