BIZMANDU
www.bizmandu.com

आत्तिनुपर्दैन्, तेल लिन रक्सौंल गयो ट्यांकर, व्यवसायी भन्छन्-‘तेल ढुवानी गर्न चालक तयार भए’

२०७५ असोज ५

आत्तिनुपर्दैन्, तेल लिन रक्सौंल गयो ट्यांकर, व्यवसायी भन्छन्-‘तेल ढुवानी गर्न चालक तयार भए’
आत्तिनुपर्दैन्, तेल लिन रक्सौंल गयो ट्यांकर, व्यवसायी भन्छन्-‘तेल ढुवानी गर्न चालक तयार भए’


काठमाडौं। नेपाल आयल निगमको दबाबपछि इन्डियन आयल कर्पोरेशन(आइओसी)को रक्सौंल डिपोमा तेल ल्याउन ट्यांकर जान थालेका छन्।

Tata
GBIME
Nepal Life

केहीवेर अघिबाट ट्यांकर रक्सौंल जान थालेका हुन्।‘निगम र ट्याकरधनीको दबाबपछि रक्सौंल तेल लिन ट्यांकर जान थालेका छन्।अहिलेसम्म पाँच वटा ट्यांकर भन्दा बढी गइसकेका छन्।अब सबै ट्यांकर संचालनमा आउँछ। चालकहरु तेल ल्याउन तयार भएका छन्।’वीरगंजका एक पेट्रोलियम ढुवानी व्यवसायीले भने।उनका अनुसार निगमले ट्यांकरनै कब्जामा लिएर चालकलार्इ कारवाही गर्ने चेतावनी दिएपछि ढुवानी सुचारु भएको हो।

रक्सौंल डिपोबाट तेल नआएका कारण काठमाडौं उपत्यका लगायतका विभिन्न जिल्लामा तेल अभाव सुरु भएको छ। उपत्यका लगायतका जिल्लामा रक्सौंलबाटै बढी तेल आउने गर्छ।तीन दिन ढुवानी बन्द हुँदा अहिले उपत्यकाका अधिकांश पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन छ।निगमले आपूर्ति सहज बनाउन निगमले वाइकलार्इ पाँच लिटर र कारलार्इ १५ लिटर मात्रै दिन पेट्रोल पम्पलार्इ निर्देशन दिएको छ।