BIZMANDU
www.bizmandu.com

राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु, सयभन्दा बढी स्टलको बृहत प्रदर्शनीमा यस्तो छ रौनक

२०७५ असोज ४


काठमाडौं। राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ ।

Vigo
GBIME
Tata

नेपालफर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष  राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।

एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्षश्रेष्ठले फर्निचरजन्यउत्पादनमामुलुकआत्मनिर्भर हुनखोजे पनि राज्यबाट सहयोग नपाएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदिन आग्रह गरे।

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले आफुहरु अन्तर्राष्ट्रियस्तरको उत्पादन तयार गर्न सक्ने बताए ।

५ दिनसम्मचल्ने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुने आयोजकले जानकारी दिए ।

नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री वितरण हुने बताइएको छ ।