BIZMANDU
www.bizmandu.com

अदालतको मुद्दा फिर्ता गर्न लगाएर मातृकाले खोले निम्बसको ताला, के थियो मातृकाको बीचको बाटो?

२०७५ भदौ २९

काठमाडौं। लामो समय उद्योग बन्द गर्दा आर्थिक क्षति हुने भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले निम्बसको तेल उद्योगको ताला खोलिदिएको छ।

Tata
GBIME
Nepal Life

अनुगमन बारे विस्तृत रिपोर्ट: निम्बसको खाने  तेलमा मातृका यादवको 'कच्चा' अनुगमन

कच्चा अनुगमन भएको भन्दै आलोचना भएपछि उद्योगमन्त्री मातृका यादबले बुधबार 'बीचको बाटो' बाटो रोज्दै ताला खोल्ने निर्णय गरेका हुन्। 

बीचको बाटो प्रयोग गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य कार्यालयमा पत्र पठाएको थियो। पत्रमा भनिएको छ ‘बजारबाट संकलित नमुनाको नतिजा नआएकोले लामो समयसम्म उद्योग बन्दा गर्दा बजारीकरण, उपभोग्य वस्तुको अभाव र श्रमिक वर्गमा असर पर्ने भएकोले आवश्यक अनुसन्धान जारी राख्दै उद्योगको शिलबन्दी खोलिदिन आग्रह गर्छौं।’

विहिबार साँझ यो पत्र पाएपछि वाणिज्य कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले  शुक्रबार उद्योगमा लगाइएको ताला खोलिदिएको हो।

के थियो मातृकाको बीचको बाटो?
वाणिज्य मन्त्रालय स्रोतका अनुसार मन्त्री यादबले बुधबार अपरान्ह चार बजे आफ्ना सचिवालयमार्फत निम्बसका उच्च तहलार्इ बोलाउन निर्देशन दिएका थिए। 

झण्डै एक महिनासम्म लगानीकर्ताको कुरै सुन्न नचाहेका यादबले मन्त्रालयमा आएका उच्च अधिकारीसँग भने ‘तपार्इँहरुले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिट फिर्ता लिनुस हामी केही प्रकृया पुर्याएर उद्योगको शिलबन्दी खोलिदिन्छौं।‘ 

यो छलफलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन पनि थिए। मन्त्रीले गौचनलार्इ समेत साथै राखेर भने ‘उहाँहरुले बिहीबार निवेदन दिएपछि उद्योगको शिलबन्दी खोल्ने पत्र जिल्ला प्रशासनमा पठाउनुस्।’

मन्त्री यादबको निर्देशनपछि उद्योगीले बिहीबार बिहानै सर्वोच्चमा दिएको रिट निवेदन फिर्ता लिएको थियो। 

‘उद्योगमन्त्रीको सहमतिमा रिट फिर्ताको निवेदन फिर्ता लिन चाहन्छौ’ सर्वोच्च अदालतमा पेश गरिएको निवेदनमा भनिएको छ। सर्वोच्चबाट रिट फिर्ता लिएपछि विभागमा उद्योग बन्द हुँदा मजदुर भार र उत्पादित तेलसमेत बिक्री गर्न नपाउँदा ठूलो नोक्सानी ब्योहोरेको भन्दै उद्योग खोलिदिन आग्रह गर्यो। 

एक महिनादेखि उद्योग बन्दको कारण खोजियो, तर पत्ता लागेन्। एक महिनाको अवधिमा उद्योगले धेरैतिर हारगुहार गर्यो। जिल्ला प्रशासन कार्यालय पर्सा र  वाणिज्य सचिव चन्द्रकुमार घिमिरेलार्इ औपचारिक रुपमा पत्र लेखेर उद्योग खोलिदिन आग्रह गर्यो। तर मन्त्री यादब टसमस  भएका थिएनन्।

नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्रिय भेलामा पुगेका यादबले बारा-पर्सामा औद्योगिक करिडरमा रहेका अरु उद्योग छल्दै निम्बसको खानेतेल उद्योग निरीक्षणमा पुगेका थिए।