BIZMANDU
www.bizmandu.com

जगदम्बा मोटर्सले ल्यायो स्मार्ट कनेक्टेड स्कुटर एनटर्क, सुरुवाती मूल्य २ लाख २४ हजार ९ सय

२०७५ भदौ २७


काठमाडौं। टिभिएस टू ह्वीलको लागि नेपालको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटोशोमा स्कुटर सार्वजनिक गरेको हो। 

Tata
GBIME
Nepal Life

युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त रहेको छ। एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको विज्ञप्तिमा उल्लेख छ। यसको सुर्वती मूल्य दुई लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ।

टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएसका एसिया प्रशान्त प्रमुख एस अरुण कुमारले यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्मार्ट स्कुटर रहेको बताए।

टिभिएस एनर्टक १२५ ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ। बिगत ४ बर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टिभिएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ। 

टिभिएस एनर्टक १२५ मा न्यू जेनेरेशन सिभिटीआइ आरइभिभी १२६/७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ। यसले ७५०० आरपीएममा ९.४ पिएस र ५५०० आरपीएममा १०।५ एनएम टर्क जेनेरेट गर्दछ। इन्जिनमा प्रयोग भएको अतिरित्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिने विज्ञप्तिमा उल्लेख छ।

यस स्कुटरमा  स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ। ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर नर्मल मोडमा पाइन्छ। यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ। हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर नि निस्कने संभावना अत्यन्त न्युन रहन्छ।