BIZMANDU
www.bizmandu.com

निम्बसको खाने  तेलमा मातृका यादवको ‘कच्चा’ अनुगमन, सिजनमा किन बन्द गर्दैछन् उद्योग?

२०७५ भदौ २७

निम्बसको खाने  तेलमा मातृका यादवको ‘कच्चा’ अनुगमन, सिजनमा किन बन्द गर्दैछन् उद्योग?
निम्बसको खाने  तेलमा मातृका यादवको ‘कच्चा’ अनुगमन, सिजनमा किन बन्द गर्दैछन् उद्योग?


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साउन २२ गते वीरगञ्जमा राष्ट्रिय भेला थियो। त्यही भेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव वीरगञ्ज पुगेका थिए। भेलाको भोलीपल्ट साउन २३ गते यादव वीरगंज – २१ लिपनीविर्तामा रहेको निम्बस समूहको खानेतेल उद्योगमा पुगे। 

Tata
GBIME
Nepal Life

उनीसँग गुणस्तर तथा नापतौल विभाग वीरगंजका प्रमुख राकेशकुमार झाका साथै दुर्इ जना स्वकीय सचिव रविकिरण यादव र सन्तोष विष्ट थिए। दुई स्वकीय सचिवमध्ये किरण मातृकाका छोरा हुन्, उनी अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत हुन, अर्का स्वकीय सचिव विष्ट यादव उपाध्यक्ष रहेको संस्थाका अध्यक्ष हुन्।

वारा-पर्सा औद्योगिक करिडरमा खाद्यान्नदेखि उपभोक्तासँग जोडिएका अन्य थुप्रै उद्योग सञ्चालनमा छन्। तर मन्त्री यादव अरु उद्योगमा प्रवेश गरेनन्, उनी सिधै निम्बसको खानेतेल उद्योगमा पुगे। 

उद्योगमा तेल प्रशोधनको काम चलिरहेको थियो। मन्त्री यादवले प्रशोधनको काम गरिरहेको मेशिनको पाइपबाट ‘अन्डर प्रोसेसिङ’ तेल बोतलमा भर्न लगाए। मन्त्री यादव आफैले तयार पार्न लगाएको मुचुल्कामा समेत कच्चा सोयाविन तेल, कच्चा सनफ्लवार तेल गरि ११ थान नमूना लिएको उल्लेख छ। 

मुचुल्का हेर्नुस्

 

DV.load(“https://www.documentcloud.org/documents/4872548-म-च-ल-क.js”, {
width: 810,
height: 450,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-4872548-म-च-ल-क”
});

तेलको नमूना लिएर मन्त्रीको टोली काठमाडौं रमाना भयो। 

नमूना लिएर गएको १४ दिनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललार्इ पत्र लेखेर निम्बसमा शिलबन्दी गर्न निर्देशन दिए। 

पत्रमा लेखिएको छ, ‘नमूना संकलन भएको तेलमा फ्याटी एसिड बढी भेटिएकोले उद्योगमा शिलबन्दी गरेर बिक्री वितरणमा रोक लगाउनु।’ विभागको निर्देशनपछि तेलको प्रशोधन बन्द भएको छ, उद्योगमा लाहाछाप लगाएर सरकारी तालाचाबी झुण्डाइएको छ।

भदौ २० गते। उद्योगमा छापा मारेको चार सातापछि र उद्योग ताला लगाएको दुई सातापछि उद्योगमै पुगेर नमूना ल्याएका मन्त्री यादवको बोली फेरिन थाल्यो। गत वुधबार उद्योग मन्त्रालयमै पत्रकार भेटघाट गरेर मन्त्री यादवले वीरगंजको निम्बस उद्योगले नेपालमै उत्पादन गर्ने स्वीकृत लिए पनि तोरीको तेल विदेशबाट ल्याएर बिक्री गरेको तथ्य फेला परेको भन्दै बोली फेरे ।

उनले भने –‘हाल उक्त उद्योग शिल गरी सञ्चालकलाई बयानका लागि बोलाउने तयारीमा छौं । अनुगमन गर्दा उद्योगमा तोरी भेटिएन,  कर्मचारीलाई सोध्दा दोहोरो र अस्पष्ट कुरा आयो, अब हामी सो उद्योगका उत्पादन बजारबाट समेत नमूना सङ्कलन गरी आवश्यक जाँच गर्नेछौँ, कम गुणस्तरको तेल उत्पादन गर्नेलाई कारवाही हुन्छ ।‘ 

छोरा लिएर अनुगमनमा पुगेका थिए मातृका

मन्त्रीले पटक/पटक बोली फेरेपछि उद्योगका लगानीकर्ता समेत आश्चर्यमा परे। उद्योग बन्द हुनुको कारण बुझ्न खोजे तर स्पष्ट जवाफ पाएनन्। उद्योगले अहिलेसम्म पनि नमूनाको परीक्षण प्रतिवेदन पाएको छैन। प्रतिवेदन नपाएपछि उद्योगले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रतिवेदन उपलब्ध गराउन माग गर्दै निवेदन दियो। 

तर त्यहाँबाट पनि उद्योग बन्द गर्नुको कारण पाउन सकेन्। त्यसपछि उद्योगीले प्रतिवेदनको प्रतिलिपि पाऊँ भन्दै वाणिज्य सचिव चन्द्रकुमार घिमिरेसमक्ष निवेदन दिए। यो निवेदनपछि पनि कम्पनीलार्इ गरिएको पत्राचारमा नमूना परीक्षणको सम्वन्धमा सत्यतथ्य व्योहोरा नखुलाइएको उद्योगका डा. दिनेशकुमार गौतम बताउँछन्। 

‘खाद्य पदार्थको गुणस्तरका सम्वन्धमा नियामक गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो। खाद्य पदार्थको गुणस्तरको सम्वन्धमा अनुगमन गर्ने सम्पूर्ण अधिकार खाद्य विभागमा निहित छ’ गौतमले मन्त्रालयमा दिएको निवेदनमा भनिएको छ’,  खाद्य पदार्थको नमूना संकलन गर्ने प्रकृया समेत पूरा गरिएको छैन।’ 

वाणिज्य सचिव घिमिरेबाट पनि जवाफ नआएपछि उद्योगले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सर्वोच्चका न्यायधीश डा. आनन्दमोहन भट्टरार्इको इजलासले उद्योग बन्द गरेको बारेमा कारण देखाउ आदेश जारी गर्दै उद्योग बन्द गर्नुको यथेष्ट प्रमाणसहित विहिबार उपस्थित हुन सरकारका नाममा आदेश दिएको छ।

कसरी लिइएको थियो नमूना?
उद्योगमन्त्रीले ‘फिनिस’ होइन प्रशोधन प्रकृयामै रहेको तेल बोतलमा भरेका थिए। प्याकिङ भइसकेको र उत्पादन मिति भएको नमूना छाडेर अर्को सामान्य बोतलमा तेल भरिनु आफैंमा शंकास्पद हो। ‘रिफाइन भएको तेल छाड्नुको अर्थ जुनसुकै हालतमा उद्योगलार्इ निशाना बनाउनु नै देखिन्छ। 

कुनै मान्छेले पाक्दै गरेको भात झिकेर काँचै रहेछ भनेर उजुरी हालेको जस्तै भयो’ उद्योगका एक कर्मचारीले भने’, होइन भने किन रिफाइन्ड तेलको नमूना लिइएन। उद्योगलार्इ इवि साँध्न खोजिएको स्पस्ट हुन्छ।’ 

दोस्रो नमूना संकलन गर्दा तीनवटा नमूना लिनुपर्छ। जिल्ला प्रशासन, उद्योग र प्रयोगशालाका लागि गरेर तीन वटा नमूना आवश्यक पर्छ। तर उद्योगमन्त्रीको आदेशका अगाडि ती प्रकृया पूरा गर्न आवश्यक ठानिएन्। ‘आफ्ना छोरालाई अनुगमनमा लिएर गएका मन्त्रीको आदेशका अगाडि नापतौलका प्रमुख समेत सदर गर्न बाध्य भए र नमूना उठाए’ नापतौल कार्यालयका एक कर्मचारीले भने, ’कानुनकै कुरा गर्ने हो भने पिए लिएर उद्योग नै अनुगमन गर्न मिल्दैन। तर यो देशमा मन्त्रीहरुलाई जे गर्न पनि छुट छ।’

नमूना लिने हाकिमको सरुवा
निम्बसमा नमूना लिन मन्त्रीले लगेका एक मात्रै सरकारी कर्मचारी झाको सरुवा भएको छ। निम्बसमा अनुगमन गरेको केही दिनमै उनको सरुवा भएको हो। उनको ठाउँमा अहिले शशिभुषण यादवलार्इ लगिएको छ। मन्त्रालयले झाको सरुवा नियमित भएको जनाएको छ। ‘झाको सरुवा दुर्इ/दुर्इ वर्षमा हुने नियमित सरुवा हो।’ मन्त्रालयका एक अधिकारीले भने।

गुणस्तर तथा नापतौल विभागका परीक्षण
उद्योग मन्त्रीले खिचेर ल्याएको नमूना परीक्षण गर्न गुणस्तर तथा नापतौल विभागमा पठाइयो। मिनरल वाटरको वोतलमा ल्याइएको आठ वटा नमूना विभागको ल्याबमा परीक्षण भयो। परीक्षणको क्रममा चार वटा नमूनामा कुनै समस्या देखिएन। तोरीको तेलमा केही समस्या देखिएका छन्। ‘तोरीको दाना पिसेर निस्किने भ्यालु तेलमा भेटिएन। तोरीको गेडा नभएर रेपसिड हुन सक्छ।’ 

विभागका एक कर्मचारीले भने, 'रेपसिड आयल भनेर प्याकेटमा लेख्नुपर्छ। त्यो नलेखिएको हुनसक्छ।’ उद्योगले भने दुर्इ थरीकै तेल उत्पादन गर्दै आएको छ। भारतबाट तोरी ल्याएर तोरीको तेल र क्यानडाबाट रेपसिड ल्याएर पेलेर अर्को तेल उत्पादन गरिरहेको छ। तोरी नै पेलेर उत्पादन भएको तेलमा अलि बढी खार आउँछ।

खाने तेल सबैभन्दा बढि विक्रि हुने समय दशैं र तिहार हो। त्यही दशैं र तिहारको मुखमा मन्त्री यादवले विना ठोस कारण र ल्यावको प्रमाणित रिपोर्ट विना उद्योग बन्द गरेपछि प्रश्न उठेको छ, निम्बसमा मन्त्री मातृका यादवको किन वक्रदृष्टी?