BIZMANDU
www.bizmandu.com

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जनालाई जनही एक लाख रुपैयाँ दिने

२०७५ भदौ १७

एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर,  हरेक हप्ता १० जनालाई जनही एक लाख रुपैयाँ दिने
एनसेलले ल्यायो ‘रिचार्ज एण्ड विन’ अफर, हरेक हप्ता १० जनालाई जनही एक लाख रुपैयाँ दिने


Tata
GBIME
Nepal Life

काठमाडौं।एनसेलले चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एण्ड विन’ योजना ल्याएको छ।

यो योजना अनुसार १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही एक लाख नगद पुरस्कार पाउने कम्पनले जनाएको छ।यो आइतबारदेखि १० सातासम्म लागु हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ, जसको शुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ ।

योजनामा सप्ताहिक रुपमा सय रुपैयाँ वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले नगद पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनायो।कम्पनीका अनुसार ग्राहकले प्रत्येक सय रुपैयाँ बराबरको रिचार्जका लागि एसएमएस मार्फत एउटा कोड प्राप्त गर्नेछन्।

‘उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबारको अवधिमा २ सय ५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुइ वटा विशेष कोडहरु प्राप्त गर्नेछन्, कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाँच सय रुपैयाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।‘

प्रत्यक्ष प्रशारणमा हुने लक्की ड्र मार्फत विजेता छनौंट गरिने कम्पनीले जनाएको छ। ‘‘यो योजनाका साथ हामी हाम्रा ग्राहकहरुसँग नजिक आईरहेको चाडपर्वमा सहभागी हुन पाउँदा उत्साहित छौं । योजनाले १० हप्तामा छानिने सय जना भाग्यशाली ग्राहकहरुको चाडपर्व हर्षउल्लासमय बनाउने आशा लिएका छौं,”  एनसेलका प्रमुख कमर्सियल अधिकृत एण्डी चोङ्ले भने ।