काठमाडौं। नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ-प्यामेन्ट प्रणालीमा माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंक पनि उक्त प्रणालीमा आवद्ध गराएको छ।
बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन्।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गर्नुपर्छ। आफ्नो बैंक खातालाई लिंक गराई सकेपछि यसमा उपलब्ध हुने सेवाहरु अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु सहजै गर्न सकिन्छ।
यसबाट कारोबार गर्दा अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ। हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ। कम्पनीले छिट्टै अन्य सेवाहरु समेत थप गर्ने तयारी गरिरहेको जनाएको छ।
कनेक्ट आइपिएस इ-प्यामेन्ट प्रणालीमा हाल सम्म ३२ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भएका छन् भने २२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइसकेको छ।