BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकद्वारा मालिका बाल विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग

२०७५ साउन २८

Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कञ्चनपुरको मालिका बाल विद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कञ्चनपुरको भीमदत्त नगरपालिका २, भासीमा रहेको मालिका बाल विद्यालयका प्रधानाध्यापक देव चन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरे।

उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय रुपैयाँ तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० रुपैयाँको छात्रवृति प्रदान गरिने प्रधानाध्यापक उपाध्यायले जानकारी दिए।

सिटिजन्स बैंक महेन्द्रनगरका शाखाका प्रबन्धक चन्दले, बैंकले प्रदान गरेको छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।