BIZMANDU
www.bizmandu.com

लुम्बिनीमा मोनोरेल: चिनियाँ कम्पनी चाइना रेल्वे इन्टरनेशनल ग्रुपले दियो ‘प्रिजेन्टेशन’

२०७५ साउन २५

Tata
GBIME
Nepal Life

रुपन्देही।प्रदेश नं ५ का मूख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेल्वे इन्टरनेशनल ग्रुपको टोलीले शुक्रवार भेट गरी रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको वताए  । उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने वताए  ।

 मोनोरेलको संभाव्यता अध्ययन,  डिपिआर, निर्माण लगायतका विषयमा  लुम्विनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल,प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरे ।चिनियाँ टोलीले मोनोरेलको संभावनाबारे प्रस्तुती  गरेको थियो ।

मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलवे इन्टरनेशनल गु्रप अन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रवन्धक वाङ्ग युश्वे, चाइना रेलवे इन्टरनेशनल गु्रपका अर्थशास्त्री याङ्ग क्वाङ्ग सहितको टोली सहभागी थियो । चाइना ओभरसिज ग्रुप नेपाल शाखा महाप्रवन्धक वाङ्ग युश्वेले बुद्ध सर्किटमा मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर र निर्माणको बारेमा प्रदेश सरकारसँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

 मुख्यमन्त्रीसँगको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव तीर्थ ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, लुम्विनी विकास कोषका सदस्य सचिव विष्णु ढकाल सहभागी थिए।