BIZMANDU
www.bizmandu.com

नेपाल र बंगलादेशबीच विद्युत खरीद सम्झौंता, नेपालबाट पाँच सय मेगावाट विजुली आयात गर्ने

२०७५ साउन २५

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल र बंगलादेशबीच विद्युत खरीद सम्झौंता भएको छ।सम्झौंतापत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरे।

यो सम्झौंतापछि बंगलादेशले नेपालबाट पाँच सय मेगावाट विजुली आयात गर्नेछ।प्रसारण लाइन निर्माणका लागि विमस्टेक सम्मेलनमा भारतसँग त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको छ। नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेश स्वयंले नै लगानी गर्ने र निजी कम्पनीलार्इ समेत प्रोत्साहित गर्ने सहमति भएको छ।

स्रोतका अनुसार भारतले उत्पादन गरेको विद्युत बंगलादेशले किने मात्रै नेपालसँग गरेको सम्झौंता कार्यान्वयनमा आउनेछ।बङ्गलादेशले नेपालबाट करीब पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको बताउँदै आएको थियो।

 
भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत समेत बंगलादेशलाई बिक्री गर्ने तयारी भएको यसअघि नै सार्वजनिक भएको थियो ।भारतसँग विद्युत् व्यापार सम्झौता(पिटिए) भइसकेको छ ।