BIZMANDU
www.bizmandu.com

५० प्रतिशत कम्पनीले हकप्रद आवेदन दिने म्यादनै थपेनन्, म्याद नथप्नुमा यी हुन् कारण

२०७५ साउन २५

Tata
GBIME
Nepal Life

काठमाडौं।तोकिएका समयमा हकप्रद बिक्री नभएपछि कम्पनीहरुले म्याद थप्न कन्जुस्यार्इ गरिरहेका छन्।

विगत नौ महिनामा निष्कासन भएका कम्पनीको हकप्रदको तथ्याङ्कमा म्याद थप्न कन्जुस्यार्इ गरेको पाइएको हो। गत मंसिर देखि यो साता सम्म ३६ कम्पनीले हकप्रद निष्कासन गरेका छन्।जसमा १८ कम्पनीले हकप्रदको म्याद थपेनन् भने ११ कम्पनीले मात्रै सात देखि १५ दिन सम्म म्याद थप गरेका छन्।
 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली,२०७३ को धितोपत्रको हकप्रद निष्कासन सम्वन्धी व्यवस्थामा तोकिएको समयमा हकप्रद बिक्री नभए १५ दिन सम्म म्याद थप गर्न सकिने व्यवस्था छ।तर पछिल्लो समय ५० प्रतिशत कम्पनीले हकप्रदको म्याद थप गरेनन्।केही बाहेक दोस्रो वजारमा बढी मूल्य भएका कम्पनीले म्याद थप्दैनन् भने कम मूल्य भएका कम्पनीले मात्रै म्याद थप गर्ने गरेको तथ्याङ्कमा देखिएको छ।

Company Name Issued Share Open From Date No of Days _Issue
Open
Auction share cut of price
Central Finance Ltd. 2603314 12/18/2017 69 104230.00 111.01
Green Development Bank Ltd. 4000000 1/16/2018 50 313713.00 102.00
Asian Life Insurance Company Limited 4027967 2/25/2018 50 98246.00 720.59
Jebil's Finance Limited 2311650 6/24/2018 50   open
Civil Bank Ltd. 20740887 12/8/2017 49 992820.00 133.00
Karnali Development Bank Ltd. 3397500 1/25/2018 49 300918.00 100.00
Kamana Sewa Bikas Bank Ltd. 3094155 1/29/2018 49 212147.00 153.00
Sahara Bikash Bank Ltd. 1824870 5/20/2018 49    
Prabhu Bank Ltd. 23525608 1/21/2018 45 671062.00 157.60
Shangrila Development Bank Ltd. 10867799 1/1/2018 42 509225.00 142.00
Lumbini Bikas Bank Ltd. 2008879 1/25/2018 41 221989.00 158.00
Prudential Insurance Company Ltd. 1283040 12/31/2017 35 12503.00 603.00
Pokhara Finance Limited 983683 1/14/2018 35 100353.00 140.00
FIRST MICROFINANCE DEVELOPMENT BANK LIMITED 2281313 3/2/2018 35 26884.00 495.00
Prime Life Insurance Co. Ltd. 9763200 3/11/2018 35 271978.00 621.51
Deva Bikas Bank Ltd. 6533109 4/9/2018 35 540795.00 111.00
Siddhartha Insurance Ltd. 2244974 7/1/2018 35    
RSDC Laghubitta Bittiya Sanstha Ltd. 2159700 7/1/2018 35 93027.00 803.00
Swarojgar Laghubitta Bittiya Sanstha Ltd. 1224978 7/29/2018 35   0pen
Gandaki Bikash Bank Ltd. 4609816 12/22/2017 34 222146.00 200.00
Shree Investment and Finance Company Ltd. 2867226 1/29/2018 34 66377.00 186.00
Neco Insurance Ltd. 3920929 2/9/2018 34 95885.00 540.00
SIDDHARTHA BANK LIMITED 6826118 2/14/2018 34 174316.00 315.00
Suryodaya Laghubitta Bittiya Sanstha Ltd. 280000 3/9/2018 34 19682.00 1552.60
Manjushree Finance Ltd. 362190 3/22/2018 34 22548.00 127.00
Nepal Insurance Company Ltd. 3019887 4/18/2018 34 158947.00 153.00
Kumari Bank Ltd. 11938992 5/11/2018 34 639453.00 175.00
Surya Life Insurance Company Limited 2887500 5/14/2018 34 71095.00  
Womi Microfinance Bittiya Sanstha Ltd. 233280 5/30/2018 34 7662.00  
Prabhu Insurance Ltd. 3166678 6/22/2018 34    
Synergy Finance Ltd. 1186023 7/9/2018 34   open
Mirmire Microfinance Development Bank Ltd. 450000 7/11/2018 34   open
Samata Microfinance Bittiya Sanstha Ltd. 189600 7/11/2018 34   open
National Life Insurance Company Ltd. 9936478 7/17/2018 34   open
Nagbeli Laghubitta Bittiya Sanstha Ltd. 766464 7/20/2018 34   open
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सोचेजस्तो आवेदन नपर्ने देखेपछि कम्पनीहरुले म्याद थप नगर्ने बताए।हकप्रद निष्काशनको प्रकृयामै दुर्इ महिना जान्छ।म्याद थप गर्दा पनि थप आवेदन नपर्ने निश्चित भएपछि म्यद थप गरेर समय लम्व्याउनु भन्दा अन्य प्रकृयामा जाने गरेको उनले बताए।
 
बिक्री नभएको हकप्रद कम्पनीले लिलाम बढाबढमा बेच्नु पर्छ।दोस्रो बजारमा बढी मूल्य भएका कम्पनीहरुले पछिल्लो समय लिलाममा वढी जोड दिने गरेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले वताए।  लिलाममा शेयरधनीबाट भन्दा बढी मूल्य पाइने हुँदा हकप्रद नबिक्दा नै कम्पनीलाइ फाइदा हुन्छ।लिलाम गर्दा आएको प्रिमियम जगेडाकोषमा राखेर अर्को बर्ष लाभांश वितरण गर्न सजिलो माध्यम समेत बनेको कारण कम्पनीले म्याद थप गर्न जोड नदिएको घिमिरेको भनाइ छ।
 
घिमिरे भन्छन्- -यो एक किसिमको पोलिसि करप्सन हो। २०६५ साल अघि नबिकेको हकप्रद साविक शेयरधनीलाई नै बढी आवेदन गर्न दिने गरिएको थियो।तर पछि वजार बढ्न थालेपछि कम्पनीका संचालक लोभी भए जसका कारण नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५’ ल्याए पछी नबिकेको हकप्रद लिलाम गर्नु पर्ने प्रावधाननै आएको हो। त्यस यता सबै कम्पनीले नबिकेको हकप्रद शेयर सार्वजनिक सूचना जारी गरि लिलाम गरेर जगेडा कोष बलियो बनाउन थालेका हुन्।'
 
यसलार्इ न्यूनीकरण गर्न बोर्डले एकै किसिमको नियम बनाउनु पर्ने घिमिरेको भनाइ छ।साथै दोस्रो वजारमा हकप्रदको निस्सा कारोबार गराउन सके मात्रै यस्तो विकृति अन्त्य हुने घिमिरेले बताए। ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४’ ले हकप्रद निष्काशन गर्दा साबिक शेयरधनीको पहुँचमा पुग्ने गरि संकलन केन्द्र राख्नुपर्ने व्यबस्था गरेको छ।

वेव साइटबाट फारम डाउनलोड गर्न मिल्ने ब्यबस्था गर्न समेत निर्देशिकाले भनेको छ। तर, सबै लगानीकर्ता हकप्रदबाट बञ्चित नहुन् भनेर बिक्रि प्रबन्धकले प्रचार प्रसार गर्नुपर्ने प्रावधानका बिषयमा भने निर्देशिकामा खासै ब्यबस्था गरिएको छैन।साथै निर्देशिकाले म्याद थप्नै पर्ने गरि बाध्य समेत नपारेकोले कम्पनीहरु म्यद थप गर्नु भन्दा लिलाम तर्फ आकर्षित हुने गरेको घिमिरेको भनाइ छ। 
 

अहिलेसम्मकै सबै भन्दा ठुलो हकप्रद लिलामी कृषि विकास बैंकको भएको थियो। बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलका १९ लाख ६८ हजार ५७५ कित्ता हकप्रद शेयर नबिकेपछि लिलाम गरेको थियो। प्रतिकित्ता कम्तिमा ३६१ रुपैयाँको आवेदन दिने लगानीकर्ताले शेयर पाएका थिए। लिलामीबाट कृषि विकास बैंकले ५४ करोड २१ लाख ६५ हजार ९१६ रुपैयाँ प्रिमियम उठाएको थियो।