BIZMANDU
www.bizmandu.com

गभर्नर भन्छन्, ‘व्यवसायी र बैंकरले समयअनुसार कुरा फेरे, डण्डा चलाउन नपरोस्’

२०७५ साउन २४

गभर्नर भन्छन्, ‘व्यवसायी र बैंकरले समयअनुसार कुरा फेरे, डण्डा चलाउन नपरोस्’
गभर्नर भन्छन्, ‘व्यवसायी र बैंकरले समयअनुसार कुरा फेरे, डण्डा चलाउन नपरोस्’



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक र व्यवसायीहरुले समयअनुसार कुरा फेर्ने गरेको बताएका छन्। पछिल्लो साढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको संकट र फालाफालको दुवै अवस्था व्यहोरेको भन्दै नेपालले व्यवसायी र बैंकर दुवैले परिस्थिती अनुकुल कुरा मात्रै गरिरहेको बताए। 
 
बजारमा तरलता सहज हुँदा आफूले पैसा लैजान आग्रह गरे पनि व्यवसायीले नलगेको उनले बताए। 'अब अहिले आएर अभाव भयो पैसा पाइएन ब्याज बढ्यो भनेर गुनासो गरिरहेका छन्,' नेपाल आर्थिक पत्रकार समाजले गरेको कार्यक्रममा उनले भने। 
 
उनले बैंकरले पनि पैसा बढि हुदा अर्थमन्त्रीलाई पैसा किन्दिन भनेर गुहार मागेका बताए। अहिले भने अभाव भयो भनेर गुनासो मात्र गर्ने गरिरहेका नेपालले उल्लेख गरे। 
 
वित्तीय क्षेत्रमा राम्रो पढेका व्यक्तिहरु कार्यरत रहेकाले संस्थागत निक्षेपमा लुछाचुँडी नगर्न पनि आग्रह गरे। संस्थागत निक्षेपका कारण ब्याज बढेकाले लुछाचुँडी बन्द गर्न उनले आग्रह गरेका हुन्।
 
'जनशक्ति राम्रो भएको बैंकिङ क्षेत्रलाई पुलिसले जस्तो लौरो लिएर कठोर कदम चाल्नु नपरोस्,' उनले भने, 'पुलिसले त्यसलाई लौरो उठाउँछ जो चोर फटाहा हुन्छ।'

Tata
GBIME
Nepal Life