काठमाडौं।आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठ कम्पनीका महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए।श्रेष्ठ २३ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन्।
बीमा क्षेत्रलाईनै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा कम्पनीले १ अर्ब भन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।