BIZMANDU
www.bizmandu.com

शेयर बजार घटेकोघटै, १५ करोड रुपैयाँको पनि कारोबार भएन, सपोर्टका लगानीकर्ता मालामाल

२०७५ साउन २३

शेयर बजार घटेकोघटै, १५ करोड रुपैयाँको पनि कारोबार भएन, सपोर्टका लगानीकर्ता मालामाल
शेयर बजार घटेकोघटै, १५ करोड रुपैयाँको पनि कारोबार भएन, सपोर्टका लगानीकर्ता मालामाल


 
काठमाडौं। लगातार चार दिनदेखि घटिरहेको शेयर बजार पाँचौ दिन पनि सुधार देखिएन। लगातार चार दिनदेखि सामान्य अंकले घटेको बजार बुधवार ०.८९ अंकले घटेर ११८७.३२ अंकमा झरेको छ। 
 
बुधबार शेयर बजार खुलेदेखि नै घट्न सुरु गरेको थियो। सुरुवातमा १५ मिनेट घटेको बजार त्यसपछि विस्तारै सुधार देखिएको थियो। करिव दुई अंकले बढेको बजार साढे १२ बजेपछि भने घट्न सुरु गरेको बजार अन्तिम सम्मनै घटेर बन्द भएको हो।
 
बुधबार १६२ कम्पनीका चार लाख ७४ हजार कित्ता शेयर १४ करोड ९१ लाख रुपैयाँमा कारोवार भयो। सबैभन्दा बढि फस्ट माइक्रो फाइनान्सको ८४ लाख रुपैयाँको कारोबार भएको छ।
 
उपसूचक मिस्रित देखिएको छ। १० समूहको कारोबारमा सात समुह बढेका छन् भने तीन समूह बढेका छन्। बैक १.५७ विकास बैक ०.०१ फाइनान्स ०.४२ निर्जीवन बिमा ४.२१ उत्पादनमूलक ९.२३ लघुबित्त १.४१ र जीवन बीमा समूह २२.३६ अंकले घटेका छन्। होटल ३७.४६ जलविद्युत २.२८ र अन्य १.२६ अंकले बढेको छ। 
 
सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। नयाँ नेपाल लघुबित्त विकास बैकका शेयर धनीले करिव ६ प्रतिशत गुमाए।

Tata
GBIME
Nepal Life