BIZMANDU
www.bizmandu.com

एकैदिन चारवटा शाखा थपेपछि गण्डकी विकास बैंकको कुल शाखा ७२ पुग्यो, ५ शाखा थप्ने तयारी

२०७५ साउन २३

 
काठमाडौं। गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा नयाँ शाखा संचालन गरेको जनाएको छ।

यस संगै बैंकको कुल शाखा संख्या ७२ पुगेको छ। बैंकले छिटै नै नेपालको पूर्वदेखि पश्चिमसम्म थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए।  

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै  लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ।

बैंकले आ.व. २०७४/७५ मा संचालन मुनाफा ७९ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ५२ करोड रुपैयाँ र कर्जा तर्फ २० अर्ब ०६ करोड रुपैयाँ पुर्याएको जनाएको छ।