BIZMANDU
www.bizmandu.com

तिलोत्तमा नगरपालिकामा नक्सा पास नभएका घरहरुको जाँच हुँदै, भदौदेखि नयाँ नापी गरिने

२०७५ साउन २३


रुपन्देही। तिलोत्तमा नगरपालिकाले बिगतमा घर बनाएका तर नक्सा पास नगरेका वा घर बनाएर पनि निर्माण सम्पन्न गरेको प्रमाणपत्र नलिएका सर्वसाधारणलाई घरमा नै गएर नक्सा पास गर्ने तथा प्रमाणपत्र दिने अभियान सुरु गरेको छ ।

Tata
GBIME
Nepal Life

नगरपालिकाले जनताको घरमा नै पुगेर घरको नाप नक्सा तयार गरी प्रमाणपत्र उपलब्ध गराउन प्राबिधिक सहितको एक टोली नै बनाएको छ ।

नगरपालिकाको प्राबिधिक टोलीले सम्बन्धित घरधनीको घरजग्गा नापजाँच गरी नक्सा तयार पारेर आधिकारिक नक्सा नै वितरण गर्ने जनाएको छ ।अभियानको सुरुवात वडा नम्वर १४ बाट भैसकेको छ ।

वडा नम्वर १४ टिकुलीगढको वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले सोही वडाका कल्पनीदेवी थारु, शिव प्रसाद थारु र बेचु प्रसाद थारुलाई घर सम्पन्नताको प्रमाण पत्र दिए।

नगर प्रमुख घिमिरेले नगरपालिकाले जनताको घरमा नै पुगेर सेवा प्रवाह गर्न सक्छ भन्ने विश्वास दिलाउन अभियान सुरु गरेको बताए ।

घरनक्सा बनेपछि नगरपालिकामा सबै नगरबासीका घरका प्रमाण रहने र घरधनीले आवश्यक पर्दा बैंक तथा बित्तीय संस्थाबाट समेत ऋण लिन सक्ने बताए । नगरपालिकालाई व्यवस्थित र पूर्वाधारयुक्त बनाउन लागिरहेको बताउदै उनले नेपालमा नै पहिलो पटक आउँदो भदौदेखि तिलोत्तमा नगरपालिकामा पूर्ण नापी हुने जानकारी दिए ।

बिहीबार र शुक्रबार बाहेक अन्य दिनमा नगरपालिकाको प्राबिधिक टोली यो काम नसकिँदासम्म सम्बन्धित वडामा नै रहर सेवा प्रवाह गर्ने बताएको छ।