BIZMANDU
www.bizmandu.com

शेयर लगानीकर्ता पर्ख र हेरको अवस्थामा, झिनो अंकले बजार घटेकोघटै, सवा २१ करोडको किनबेच

२०७५ साउन २२


 
काठमाडौं। एक सातादेखि सामान्य उतार चढाव देखिएको शेयर बजार मंगलवार पनि झिनो अंकले घटेको छ। लगातार तीन दिनदेखि घटेको बजारले चौथो दिन पनि निरन्तरता पाएको हो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.४६ अंकले घटेर ११८८.२१ अंकमा ओर्लिएको छ। 
 
गत बुधवारदेखि बजार लगातार घट्दै आएको छ। तर बजार फराकिलो अंकले भने घटेको छैन। एक सातादेखि बजार स्थिर जस्तै देखिएको छ। बैकमा बचतको ब्याजदर घट्दै आएको तर ऋणको ब्याज अझै नघटेका कारण बजारमा स्थिरता देखिएको लगानीकर्ता केशव भण्डारीले बताए। उनी भन्छन्ऽ लगानीकर्ता यतिखेर पर्ख र हेरको अवस्थामा छन्।
 
मंगलवार १५७ कम्पनीका नौ लाख कित्ता शेयर २१ करोड ३७ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर साढे तीन करोड रुपैयाँमा खरिद बिक्री भयो। 
 
कारोबारमा आएका उप सूचक मिश्रित देखिएका छन्। १० समूहको कारोबारमा सात समूहका सूचक घटेका छन् भने तीन समूहका शेयर बढेका छन्। होटेल ३२.३४ निर्जीवन बिमा ११.०५ र अन्य २.४१ अंकले बढेका छन्। बैक ०.७७ विकास बैक १.३१ जलविद्युत ४.९६ फाइनान्स ४.०३ उत्पादन मूलक २५.४२ लघुबित्त १०.८१ र जीवन बिमा ३९.८३ अंकले घटेका छन्। 
 
सपोर्ट माइक्रो फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाए। फस्ट माइक्रो फाइनान्सका शेयर धनीले ९.५१ प्रतिशत गुमाए। 

Tata
GBIME
Nepal Life