BIZMANDU
www.bizmandu.com

नबिल बैंकको ऋणपत्र परिपक्व भयो, बुधबारदेखि फिर्ता पाइने, कसरी फिर्ता लिन सकिन्छ?

२०७५ साउन २२


 
काठमाडौं। नबिल बैंकले २०६५ सालमा १० वर्षको लागि निष्कासन गरेको ऋण पत्र आजदेखि परिपक्व भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले ८.५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा ३ लाख कित्ता निष्कासन गरेको थियो। बैंकले तीस करोड रुपैयाँको ऋण पत्र जारी गरेको थियो।

बैंकले हरेक वर्ष ऋणपत्र धनीलार्इ ब्याज भुक्तानी गर्दै आएको छ। आज परिवक्व भएसँगै भोलिदेखि नै फिर्ता गर्ने नबिल बैंकले जानकारी दिएको छ।

ऋणपत्र धनीले आफ्नो सक्कली प्रमाणपत्र र व्याज भुक्तानी पाएको रसिद सहित निवेदन बैंकको केन्द्रीय तथा शाखा कार्यालयमा पेश गर्नु पर्नेछ। पैसा फिर्ताको लागि ऋणपत्र धनीले आफ्नो खाता नम्बर पेश गर्नु पर्ने छ।