BIZMANDU
www.bizmandu.com

युनियन लाइफको पहिलो वर्षमै एग्रेसिभ कारोबार, करिब ४७ हजार बीमा लेख बिक्री, कति भयो नाफा

२०७५ साउन २२


काठमाडौं। युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षबाट जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले एक वर्षमा ४६ हजार ९२७ वटा बीमा लेख बिक्री गरेको छ।

Tata
GBIME
Nepal Life

जीवन बीमा व्यवसायबाट पहिलो वर्षमै ७ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ। बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरको फाइदा लिँदै कर्जा लगानीबाट मात्रै ५ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको देखिएको छ।

नयाँ संचालनमा आउने क्रममा व्यवस्थापन खर्च भने २ करोड ६६ लाख रुपैयाँ छ। यसै अवधिमा ९ वटा बीमा लेखको ९८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ।

चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ छ। जगेडा कोषमा ९ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ। बीमा ऐन अनुसार कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्नुपर्छ।

तर धितोपत्र निष्कासन सम्बन्धी नियम अनुसार व्यावसाय सुरु गरेपछि पूर्ण रुपमा एक आर्थिक वर्षको लेखापरीक्षण गरेपछि मात्रै पाउँछ।