BIZMANDU
www.bizmandu.com

हिमालय एयरलाइन्सका विजय श्रेष्ठ क्यानको बोर्डमा, पर्यटनमन्त्री अधिकारीबाट नियुक्त

२०७५ साउन २२


काठमाडौं। नेपाल नागरिक उड्ययन प्राधिकरणको संचालक समिति सदस्यमा विजय श्रेष्ठ नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले एक साता अघि श्रेष्ठलार्इ सदस्यमा नियुक्त गरेका हुन्।

Tata
GBIME
Nepal Life

उनी एयरलाइन्स अपरेटरका तर्फबाट श्रेष्ठ नियुक्त भएका हुन्। श्रेष्ठ हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्ट हुन्।चिनियाँ लगानीको हिमालय एयरलाइन्सका नेपाल साझेदार आङछिरिङ शेर्पा हुन्।

यति एयरलाइन्सका समेत संचालक रहेका शेर्पा प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यापारी हुन्।ओली चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्समै गएका थिए।

 
हवार्इ सेवामा कार्टेलिङको आरोप लागिरहेका बेलामा शेर्पाको कम्पनीका श्रेष्ठ संचालक नियुक्त भएका हुन्।

प्राधिकरण स्रोतका अनुसार एयरलाइन्स अपरेटरबाट अधिकांश समयमा शेर्पाकै कम्पनीबाट प्रतिनिधित्व हुने गर्छ।शेर्पाको आन्तरिक उडानमा यति एयरलाइन्स छ भने अन्तर्राष्ट्रिय उडानको जिएसए मालिन्दो र थाइलायन छ।