BIZMANDU
www.bizmandu.com

चेम्बरले एफएनसीसीआर्इसँगको ५२ वर्षदेखिको नाता तोड्यो, महासंघको सदस्यता त्याग्ने निर्णय

२०७५ साउन २१

चेम्बरले एफएनसीसीआर्इसँगको ५२ वर्षदेखिको नाता तोड्यो, महासंघको सदस्यता त्याग्ने निर्णय
चेम्बरले एफएनसीसीआर्इसँगको ५२ वर्षदेखिको नाता तोड्यो, महासंघको सदस्यता त्याग्ने निर्णय

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासंघसँगको सदस्यता त्याग्ने निर्णय गरेको छ।

यो निर्णयसँगै चेम्बरले महासंघसँगको ५२ वर्षदेखिको नाता तोड्ने निर्णय गरेको छ।चेम्बरको बोर्ड बैठकले महासंघको सदस्यता त्याग्ने निर्णय गरेको हो।चेम्बरले सदस्यता त्याग्ने निर्णयसहितको पत्र महासंघलार्इ सोमबार पठाएको छ। चेम्बर महासंघको संस्थागत सदस्य हो।चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले महासंघको सदस्यता त्याग्ने निर्णय गरेको जानकारी दिए।‘हामीले महासंघको सदस्यता त्याग्ने निर्णय गरेका छौं।हामी महासंघको जिल्ला सदस्यजस्तो होइन।हाम्रो आफ्नै संरचना अनुसार देशव्यापी रुपमा संगठन विस्तार भइरहेका छन्’उनले बिजमाण्डूसँग भने,’हामीले सदस्यता मात्रै त्याग्ने निर्णय गरेका हौं।भाइचाराको सम्वन्ध कायम राखेर व्यवसायिक मुद्दामा अघि बढ्छौं।’

चेम्बर २००७ सालमा स्थापना भएको हो भने त्यसको १६ वर्षपछि महासंघ स्थापना भएको हो।चेम्बरले चेम्बरले आफ्नो संरचना महासंघजस्तै रुपान्तरण गरेर समानान्तर सांगठनिक संरचना तयार गरेपछि निजी क्षेत्रका दुई संस्थाबीच द्वन्द्व बढेको थियो।चेम्बरको निर्णयपछि महासंघले पत्र लेखेरै चेम्बरसँग स्पष्टीकरण सोधेको थियो।

 
महासंघले राष्ट्रिय निर्देशन बोर्ड ऐन २०१८ अनुसार, एउटै प्रकृतिको व्यवसायिक संगठन देशव्यापी भनेर स्वीकार गरेपछि त्यस्तै प्रकृतिको संगठन स्वीकृत नगर्ने प्रावधान विपरित किन रुपान्तरण गरेको भन्दै चेम्बरलार्इ स्पष्टीकरण सोधेको थियो।स्पष्टीकरणसँगै व्यवसायिक संगठनबीच विवाद सुरु भएको थियो। दुर्इ वर्षअघि एउटै मञ्चमा बसेर एकल एजेण्डा बनाएका निजी क्षेत्र फेरि विभाजित बने।
 
पुस ११ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत चेम्बर महासंघमा रुपान्तरण भएको थियो। चेम्बरको ६७औं वार्षिक साधारणसभामार्फत एफएनसीसीआर्इजस्तै सांगठनिक संरचना खडा गरेको थियो। चेम्बरले एफएनसीसीआर्इजस्तै बरिष्ठ, जिल्ला, वस्तुगत, उद्योग, वाणिज्य, द्धिराष्ट्रिय र मानार्थ उपाध्यक्ष पद राखेको छ। 
 
चेम्बरले संरचना महासंघमा रुपान्तरण गरेको भन्दा पनि महासंघबाट वाहिरिएका व्यक्तिलार्इ ठाउँ दिएकोमा महासंघ संस्थापन पक्षको सबैभन्दा ठूलो आपत्ति छ। महासंघको राजनीतिबाट वाहिरिएका भाष्करराज राजकर्णिकार, प्रमोद श्रेष्ठ लगायतका व्यक्तिलार्इ चेम्बरले विशिष्ठ स्थान दिएको छ।