BIZMANDU
www.bizmandu.com

मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, मोटर बीमाको मात्रै ४६.६०% हिस्सा

२०७५ साउन २१

Tata
GBIME
Nepal Life

काठमाडौं।निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको ४६.६० प्रतिशत व्यवसाय मोटर बीमामा मात्रै रहेको छ।सरकारले मोटर बीमालार्इ अनिवार्य गरेको कारण समग्र निर्जीवन बीमा व्यवसायलार्इ धानेको छ।

सरकारले तेस्रो पक्ष बीमा अनिवार्य नगरेको भए बीमा कम्पनीको व्यवसाय विस्तारै कम हुन्थ्यो।जोखिमवहन गर्नुपर्ने बीमा कम्पनी अरु क्षेत्रमा जोखिम हुने भन्दै लगानी गर्न मान्दैनन्।सरकारले कृषि क्षेत्रमा अनुदान दिएपनि जोखिम हुने भन्दै पन्छिन्छन्।कम्पनीहरु सहज रुपमा व्यापार गर्ने क्षेत्रमा लगानी गर्ने र नाफा खाने प्रवृति देखिएको छ।

एक बीमा विज्ञका अनुसार नेपालका बीमा कम्पनी सरकारले नाफा सुनिश्चित गरिदिएको क्षेत्रमा मात्रै जान्छन् र त्यसकै नाफामा रमाउँछन्।'नेपालका बीमा कम्पनी कुनै क्षेत्रमा जोखिम नहुने सुनिश्चित गरिदिए मात्रै व्यापार गर्छु भन्छन्।उनीहरु बीमा व्यापार होइन कुनै वस्तु व्यापारजस्तै सेवा बिक्री गरिरहेका छन्'ती विज्ञले भने,हाम्रो नियामक निकायले समेत बीमा कम्पनीलार्इ नियमन गर्न नसक्दा यस्तो परिस्थिती आएको हो।'

मोटरपछि अग्नि बीमा तर्फ १९.७३ प्रतिशत हिस्सा छ।बैंक तथा वित्तीय संस्थाले घरको बीमा नगरी ऋण स्वीकृति नदिने भएकाले अग्नि बीमा बढेको हो।सरकारले तेस्रो पक्ष बीमा गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ।
 

बाध्यात्मक रुपमा बीमा गर्नैपर्ने भएकाले मोटर तथा अग्नी बीमा व्यवासाय धेरै भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बताए। उनले भने 'यस बाहेक पनि विस्तारै अन्य क्षेत्रको पनि बीमा व्यवसाय बढेको छ'।
 
बीमा बीमा शुल्क आर्जन अनुपात 
बीमा बीमा शुल्क आर्जन अनुपात
अग्नी बीमा 3721167000 19.73
मोटर बीमा 8789854000 46.60
सामुन्द्रिक बीमा 1093138000 5.80
हावार्इ बीमा 772906000 4.10
इन्जिनियरिङ बीमा 2020772000 10.71
विविध 2071464000 10.98
कृषि तथा बाली 394120000 2.09
जम्मा 18863421000 100
कृषिप्रधान देश नेपालमा कृषि तथा बाली बीमाको हिस्सा भने २ प्रतिशत मात्रै छ। त्यो पनि सरकारले अनुदान दिएर।

सरकारले कृषि बीमाको ७५ प्रतिशत प्रिमियम सरकारले अनुदान वापत दिने गरेको छ। कृषि क्षेत्रमा बालीमा धेरै नै जोखिम भएको खत्री बताउँछन्। उनी भन्छन् 'सरकारले अनुदान दिए पनि दाबी भूक्तानी धेरै हुँदा पुनर्बीमा गर्न नै कठिन छ।'
 

मोटर बीमा जस्तै घर तथा कर्पोरेटको पनि अनिवार्य बीमा गर्नै हो भने निर्जीवन बीमा व्यावसाय अझ बलियो हुने उनको तर्क छ। गत जेठको तथ्याङ्क अनुसार १७ वटा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमाबाट मात्रै ८ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। 
 
१७ वटा निर्जीवन बीमा कम्पनीहरुले १८ अर्ब ८६ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्। उनीहरुले ९ अर्ब ९५ करोड रुपैयाँ दाबी भूक्तानी गरेका छन्।६ अर्ब १३ करोड रुपैयाँ दाबी भूक्तानी गर्न बाँकी छ। सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ।

समितिले निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने बाध्यात्मक नियमले ६ महिना भित्रमा १७ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ।