BIZMANDU
www.bizmandu.com

पर्यटनमन्त्रीको नजर हेलिकोप्टरमा: दुर्इलार्इ अनुमति, अरु कम्पनी ‘क्यू’मा, ‘माछा बजार बन्ने डर’


पर्यटनमन्त्रीको नजर हेलिकोप्टरमा: दुर्इलार्इ अनुमति, अरु कम्पनी ‘क्यू’मा, ‘माछा बजार बन्ने डर’
पर्यटनमन्त्रीको नजर हेलिकोप्टरमा: दुर्इलार्इ अनुमति, अरु कम्पनी ‘क्यू’मा, ‘माछा बजार बन्ने डर’

Tata
GBIME
Nepal Life

काठमाडौं।रविन्द्र अधिकारी पर्यटनमन्त्री भएपछि दुर्इवटा हेलिकोप्टर कम्पनीले संचालन अनुमति पाएका छन्।

अधिकारी आउनेवित्तिकै मुस्ताङ हेलिकोप्टरले पाएको थियो भने केही दिनअघि मात्रै आरएस हेलिकोप्टरले संचालन अनुमति पाएको हो। पर्यटन मन्त्रालय स्रोतका अनुसार अन्नपूर्ण र स्कार्इलाइन हेलिकोप्टरले पनि संचालन अनुमतिका लागि आवेदन दिँदैछन्।कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार केही हेलिकोप्टर कम्पनी दर्ताका लागि आवेदन दिएका छन्।स्रोतका अनुसार आरएस कम्पनीले तीनवटा हेलिकोप्टर ल्याउनेछ।

कम्पनीका अध्यक्ष राजकुमार साउद हुन्।'काठमाडौं बाहिरबाट उडान भर्ने गरि आरएस कम्पनीलाई तीनवटा हेलिकोप्टर उडानका लागि स्वीकृति दिइएको छ। हामीले सैद्धान्तिक प्रक्रिया पुरा गरिसकेका छौँ। अब नेपाल नागरिक उड्डयन प्राधिकरणको चरणवद्ध प्रक्रिया सकिएपछि कम्पनीले नियमित उडान भर्न एयर अपरेशन सर्टीफीकेट (एओसी) पाउनेछ।' मन्त्रालय स्रोतले भन्यो।

नयाँ कम्पनीले नियमित उडान भर्न न्यूनतम छ महिना लाग्ने प्राधिकरणले जनायो। प्राधिकरणले इन्जिनियरिङ म्यानुअल, सेफ्टी म्यानुअल, अपरेटीङ म्यानुअल लगायतका विभिन्न चरणहरु पार गरिसकेपछि मात्र एओसी पाउँछ।

अधिकारीका पालामा सहज
हेलिकोप्टरको अनुमति पर्यटनमन्त्री अधिकारीका पालामा सहज भएको छ।उनले आवेदन दिएका कम्पनीलार्इ फाष्ट ट्रयाकमा संचालन अनुमति पनि दिएका छन्।तर उड्ययन क्षेत्रमा सहज अनुमति ठीक हो कि बेठिक?

'पछिल्लो समयमा मुलुकमा हवाई उद्योग माछा पसल जसरी संचालन अनुमति दिन थालिएको छ।हवार्इ क्षेत्र संवेदनशील क्षेत्र भएकाले सहज रुपमा अनुमति दिनु ठीक होइन,पर्यटन क्षेत्रका एक विज्ञले भने,यसले हवार्इ क्षेत्रमा दीर्घकालिन असर पर्छ।अहिले पनि हामी यूरोपेली युनियनको कालोसूचीमा भएका बेला अझ सचेत हुन आवश्यक छ।‘

ती विज्ञका अनुसार आवश्यक भन्दा बढी हेलिकोप्टरलार्इ अनुमति दिँदा त्यसले अस्वस्थ प्रतिस्पर्धा ल्याउँछ।‘अहिलेनै फेक रेस्क्युको धन्दाको कुरा उठेर नेपालको पर्यटन क्षेत्र बदनाम भइरहेको छ।अझ आवश्यक भन्दा बढी हेलिकोप्टर दिएपछि त्यसले अझ ठूलो विकृती ल्याउँछ’ती विज्ञले भने,मान्छेको जीवनसँग जोडिने यस्ता क्षेत्रमा पर्यटनमन्त्री थप चनाखो हुनुपर्ने हो।तर उहाँले माछा व्यापारजस्तै गरेर अनुमति दिन थाल्नुभएको छ।‘

उनले संचालनमा रहेका हेलिकोप्टर र आवश्यकताको अध्ययन गरेर अनुमति दिनुपर्ने बताउँदै कतिपय क्षेत्रमा खुला बजार अर्थतन्त्रको मान्यता लागु नहुने बताए।‘हामीले खुला बजार विपरित कुनैपनि कम्पनीलार्इ रोक्न मिल्दैन।तर केही त्यस्ता क्षेत्र छन् जुन अत्यन्तै संवेदनशील भएकाले केही रेष्ट्रिक्सन चाहिन्छ’उनले भने,’’विकसित देशमा पनि हवार्इ क्षेत्रमा कडा प्रावधानहरु हुन्छन्।उनीहरुले अरु व्यापारजस्तो सहज अनुमति दिएको पाइदैन।‘अहिले १० वटा हेलिकोप्टर कम्पनीको ३० वटा भन्दा बढी हेलिकोप्टर संचालनमा आएका छन्।