BIZMANDU
www.bizmandu.com

केएल मोबाइल मेला शनिबारदेखि, रोजगारीको प्रमाणपत्र पेश गरे किस्ताबन्दीमा मोबाइल पाइने

२०७५ साउन १८

केएल मोबाइल मेला शनिबारदेखि, रोजगारीको प्रमाणपत्र पेश गरे किस्ताबन्दीमा मोबाइल पाइने
केएल मोबाइल मेला शनिबारदेखि, रोजगारीको प्रमाणपत्र पेश गरे किस्ताबन्दीमा मोबाइल पाइने


 काठमाडौं। चाबहिलको के एल टावरस्थित मोबाइल हबले शनिबारदेखि मोबाइल मेला गर्न लागेको छ। मेलामा जिरो डाउनपेमेन्टमा किस्ताबन्दीमा मोबाइल किन्न पाइने सुविधा दिएको छ।
 
मोबाइल हबले पहिलो बार्षिकोत्सवको अवसरमा मेला आयोजना गर्न लागेको जनाएको छ।
 
ग्राहकले मोबाइलको ब्राण्ड मूल्य अनुसार ६ महिना, एक वर्ष र १८ महिनाको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबका बिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए। उनका अनुसार मेलामा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ।
 
किस्ताबन्दीमा मोबाइल खरिद गर्नेले नागरिकता, रोजगारीको प्रमाणपत्रका साथै आम्दानीको विवरण बुझाउनुपर्ने पनि उनले बताए।
 
मेलामा ‘एउटा किन्दा अर्को सित्तैमा’ साथै ५० प्रतिशतसम्म छुटको अफर पनि संचालन हुनेछ।  
 
मेला अवलोकन गर्नेहरुलाई गिफ्ट ह्याम्परकासाथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल समेत बितरण गरिने उप्रेतीले जानकारी दिए।

Tata
GBIME
Nepal Life