BIZMANDU
www.bizmandu.com

अन्तर बैंक विद्युतीय भूक्तानी प्रणालीमा लुम्विनी विकास बैक पनि आवद्ध, यस्तो छ फाइदा

२०७५ साउन १८

अन्तर बैंक विद्युतीय भूक्तानी प्रणालीमा लुम्विनी विकास बैक पनि आवद्ध, यस्तो छ फाइदा
अन्तर बैंक विद्युतीय भूक्तानी प्रणालीमा लुम्विनी विकास बैक पनि आवद्ध, यस्तो छ फाइदा


Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल क्लियरिङ हाउसले लुम्बिनी विकास बैंकलार्इ अन्तर बैंक विद्युतीय भूक्तानी  प्रणालीमा आवद्ध गराएको छ।

बैंक यसमा आवद्ध भएपछि www.connectips.comमा गएर अनलार्इन भूक्तानी,रकम ट्रान्सफर,विल भूक्तानी लगायतको कारोबार गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ।यो कारोबार अनलाइनमार्फत सिधै बैंक खाताबाट हुने भएकाले कारोबार सहज हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो प्रणालीमार्फत नेपाल सरकारको कर भूक्तानी र कम ट्रान्सफर गर्न सकिने व्यवस्था समेत छ।कम्पनीले सरकारको अन्य कर र गैरकर भूक्तानी समेत गर्ने गरि काम भइरहेको जनाएको छ।यो प्रणालीमा अहिलेसम्म ३२ वटा बैंक तथा वित्तिय संस्था आवद्ध भएको कम्पनीले जनाएको छ।