BIZMANDU
www.bizmandu.com

सातामै नेपाली मुद्रा एक रुपैयाँले बलियो, अमेरिकी डलरको भाउ उच्चतमबाट बिस्तारै झर्न थाल्यो

२०७५ साउन १७

सातामै नेपाली मुद्रा एक रुपैयाँले बलियो, अमेरिकी डलरको भाउ उच्चतमबाट बिस्तारै झर्न थाल्यो
सातामै नेपाली मुद्रा एक रुपैयाँले बलियो, अमेरिकी डलरको भाउ उच्चतमबाट बिस्तारै झर्न थाल्यो


 
काठमाडौं। केही दिनदेखि नेपाली रुपैयाँ बलियो हुँदै गएको छ। ११० रुपैयाँ ७८ पैसासम्म पुगेको अमेरिकी डलरको भाउ बिहीबार १०९ रुपैयाँ ८० पैसामा झरेको छ। सातामै डलर १ रुपैयाँ सस्तिएको हो।
 
डलर महँगिँदा नेपालले गर्ने आयातित बस्तुको मूल्य महँगिन्छ भने विदेशमा काम गर्न गएका नेपालीलाई नेपाल पैसा पठाउँदा फाइदा पुग्छ।
 
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, कच्चा तेलको उत्पादन बृद्धिसँगै डलर कमजोर भएको हो। भारतमा पनि पछिल्लो समय वैदेशिक लगानी बढ्दो छ। 
 
भारतमा डलर बढ्न थालेपछि त्यसको प्रभाव नेपाललाई पनि पर्छ। भारुसँग नेपालको स्थितर बिनिमय दर भएका कारण त्यसको सिधै असर नेपाललाई पर्ने गरेको हो।

Tata
GBIME
Nepal Life