BIZMANDU
www.bizmandu.com

खराव रेटिङको आँखु खोलाले आइपिओ निष्काशन अनुमति पायो, प्रति मेगावाट २८ करोड लागत

२०७५ असार २८

काठमाडौं। सबै भन्दा खराब क्रेडिट रेटिङ पाएको आँखुखोला जलविद्युत कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीले उद्योग प्रभावित र सर्वसाधारणलार्इ शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले सबै भन्दा खराब क्रेडिट रेटिङ "इक्रा एनपी आइपिओ ग्रेड ५" पाएको छ। कम्पनीले प्रभावित क्षेत्रको लागि जम्मा निष्काशनको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँको शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको हो। जम्मा चुक्ता पूँजी ८० करोड रुपेयाँ रहेको कम्पनीको संस्थापक शेयर पूँजी ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ रहेको छ।

२ अर्ब ३६ करोड रुपैयाँको लागत रहेको प्रोजेक्टले ७२ प्रतिशत ऋण र २८ प्रतिशत शेयर पूँजीबाट संकलन गर्ने छ। धादिङको सल्यानकोट र मारपाकमा निर्माण भएको ८.४ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत २८ करोड १० लाख रुपैयाँ रहेको छ।

सरकारी जलविद्युत कम्पनीले प्रतिमेगावट लागत १२ देखि १५ करोड रुपैयाँमा बनाइरहेको अवस्थामा आँखु खोलाको लागत अत्याधिक देखिन्छ। लागत तै अधिक भएपछि शेयरधनीले लाभांश पाउन धेरै वर्ष कुर्नु पर्नेछ। अझ प्रोजेक्ट निर्माण भएको ३० वर्षमा नेपाल सरकारलार्इ हस्तान्तरण गर्नु पर्ने हुँदा लगानीकर्ताले यो आयोजनाबाट उचित मुनाफा पाउन कठिन छ।