काठमाडौं। नेपाल धितोपत्र बोर्डले सबै भन्दा खराब क्रेडिट रेटिङ 'इक्रा रेटिङ ५' पाएका नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सिटी एक्सप्रेस फाइनान्सलार्इ हकप्रद निष्काशनको लागि अनुमति दिएको छ।
नयाँ नेपालले चुक्ता पूँजीको २५० प्रतिशत र सिटीले चुक्ता पूँजीको १६७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएको हो।
नेपाल सेवाले ६ करोड रुपैयाँको हकप्रद निष्काशन गर्नेछ। संस्थाको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ। त्यस्तै सिटी एक्सप्रेसले २५ करोड रुपैयाँको हकप्रद निष्काशन गर्नेछ।संस्थाको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ।