काठमाडौं। लगानीकर्ताले लामो समयदेखि ब्रोकरलार्इ लाइसेन्स दिनुपर्ने भन्दै माग गर्दै आएकोमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकलार्इ ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेको छ।
मौद्रिक नीतिमा भनिएको छ ' बाणिज्य बैंकहरुलार्इ धितोपत्र व्यवसायीको कारोबार गर्न दिनु पर्ने माग भइ आएको सम्बन्धमा सम्बन्धित बाणिज्य बैंकबाट अनुरोध भर्इ आएमा यसका लागि छुट्टै सहायक कम्पनी स्थापन गरी यस्तो कारोबार गर्न सक्ने व्यवस्था मिलाइने छ'।
यस अगाडि नेपाल स्टक एक्सचेन्जले बैंकलार्इ ब्रोकर लाइसेन्स दिनको लागि नेपाल राष्ट्र बैंक बाधक भएको जनाएको थियो। यसको लागि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिमै व्यवस्था गर्न सुझाव दिएको थियो।