BIZMANDU
www.bizmandu.com

मार्जिन कलमा लगानीकर्तालाई राहत, २० प्रतिशत मूल्य नघटी बैंकले फोन गर्न नपाउने, ऋणको सीमा यथावत

२०७५ असार २७

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर ऋण लिनेका लागि खुकुलो व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले मार्जिन कलको सीमा परिमार्जन गरेको हो।
 

लगानीकर्ताले मार्जिन लोन लिँदा बैंकहरुले १८० दिनको औषत मूल्य भन्दा २० प्रतिशत घटेपछि मात्रै फोन गर्न पाउने छन्। यसभन्दा अगाडि १० प्रतिशत घटेपछि फोन गर्न सक्ने व्यवस्था थियो। 
 
मार्जिन कलको सीमा घटेपनि मार्जिन लोनको सीमा भने यथावत राखिएको छ। बैंकहरुले कुनै पनि कम्पनीको १८० दिनको औषत वा बजार मूल्य जुन कम हुन्छ त्यसको ५० प्रतिशत मार्जिन लोन प्रवाह गर्न पाउने व्यवस्था छ। 
 
लगानीकर्ताले नेपाल राष्ट्र बैंकसँग यस्तो सिमा ७० प्रतिशतसम्म पुर्याउन सुझाव दिए पनि मौद्रिक नीतिमा यसलार्इ संबोधन नगरिएको स्रोतको दावी छ। 

शेयर बजार निरन्तर घट्दा बैंकहरुबाट शेयर धितो ऋण लिएकाहरुलार्इ 'मार्जिन कल' बढ्न थालेको थियो। यसरी लिएको शेयर ऋण औषत मूल्य भन्दा १० प्रतिशत तल झर्ना साथ बैंकले फोन तथा म्यासेज पठाउन थाल्ने गरेका छन्। 

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार शेयर धितो ऋण लिएको एक वर्षसम्ममा तिरिसक्नु पर्ने व्यवस्था छ। एक वर्षसम्ममा ऋण नतिरेमा बैंकले लिलामी गर्न पाउने व्यवस्था छ। बजार घट्न थालेपछि कुन बेला बैंकले फोन तथा म्यासेज गर्ने हो भनेर चिन्ता लिनु  पर्ने अवस्था रहेको लगानीकर्ता बताउँछन्।