काठमाडौं। नेपाल राष्ट्र बैंकले आज दिउँसो २ बजे मौद्रिक नीति सार्बजनिक गर्ने भएको छ। सञ्चालक समितिले मौद्रिक नीति पारित गरिसकेकाले आज र्याडिसन होटलबाट सार्वजनिक गर्न लागिएको हो।
मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक बृद्धि दर हाँसिल गर्ने गरी सरकारी योजनाहरुलाई सघाउने योजनाहरु ल्याउने डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए।
सरकारी स्किममा रहेको ब्याज अनुदानमा कर्जा योजनाहरु मौद्रिक नीतिमा परेका छन्। अनिवार्य तरलता अनुपात घटाइएको छ।
बैंकहरुले विदेशी बैंकबाट ल्याउने डलर ऋणको हेजिङ गर्ने कार्यक्रम मौद्रिक नीतिमा पर्ने छ भने स्प्रेड दर घटाइने छ।