BIZMANDU
www.bizmandu.com

एनआइसी एसियाले थप्यो दुई नयाँ शाखा, डडेलधुरा र दिपालयमा नयाँ शाखा विस्तार

२०७५ असार २६

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइसी एसिया बैंकले दुई शाखा विस्तार गरेको छ। बैंकले डडेलधुरा र दिपायलमा शाखा विस्तार गरेको हो।

डडेल्धुरामा रहेको शाखा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा र डोटी शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले उदघाटन गरेका छन्।

बैंकले देशभर २२५ शाखा, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउनटर एवं ११ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएकव छ।