BIZMANDU
www.bizmandu.com

इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर, २०२४ डिसेम्बरमा विद्युत उत्पादन थालिने

२०७५ असार २६

इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर, २०२४ डिसेम्बरमा विद्युत उत्पादन थालिने
इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर, २०२४ डिसेम्बरमा विद्युत उत्पादन थालिने


काठमाडौं। धादिङको रुबिभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पीपीए) भएको छ।
 
नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाकातर्फबाट प्रवर्द्धक जलशक्ति हाइड्रो कम्पनी प्रालीका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् । 
 
प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमश: ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ। आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि (स्केलेसन) पाउने छ। आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ। 
 
एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए। उनले निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए। पीपीएअनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति डिसेम्बर २०२४ छ। 
 
निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ। अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउनेलगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए।

Tata
GBIME
Nepal Life

उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिसूली ३बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ।