BIZMANDU
www.bizmandu.com

आगामी मौद्रिक नीति बुधबार, लघुवित्त संस्था र क्षेत्रीय विकास बैंकहरुलाई मर्जरमा लगिने

२०७५ असार २५


 
काठमाडौं। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्था र क्षेत्रीयस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीलाई मर्जरमा लैजाने नीति लिने भएको छ। बुधबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले छरिएर रहेका संस्थालाई एकिकृत गर्दै जाने नीति लिन आँटेको हो।
 
'प्रादेशिक हिसावले लघुवित्त संस्थाहरुको मर्जर गरिने छ' उच्च स्रोतले भन्यो, 'क्षेत्रीयस्तरका विकास बैंकहरुलाई पनि बलियो बनाउनका लागि मर्जर तथा प्राप्ति नीतिलाई अगाडि बढाइने छ।'
 
राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरमा लैजाने नीति लिए पनि पूँजी बृद्धि भने नगर्ने भएको छ। संस्थाहरुको वित्तीय स्वास्थ्य र पहुँचका आधारमा मर्जरलाई अगाडि बढाउने रणनीति तय गरिने स्रोतको दावी छ।

Tata
GBIME
Nepal Life