BIZMANDU
www.bizmandu.com

इटहरीको रोजगार मेलामा काम खोज्दै पुगे ३ सय ५० कामदार, यी उद्योगमा छन् बढी माग

२०७५ असार २४

इटहरीको रोजगार मेलामा काम खोज्दै पुगे ३ सय ५० कामदार, यी उद्योगमा छन् बढी माग
इटहरीको रोजगार मेलामा काम खोज्दै पुगे ३ सय ५० कामदार, यी उद्योगमा छन् बढी माग

Tata
GBIME
Nepal Life

विराटनगर। सुनसरीको इटहरीमा आयोजित दुई दिने रोजगार मेलामा ३५ जनाले तत्काल रोजगारी पाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १– को आयोजना र इटहरी उद्योग वाणिज्य सङ्घले गरेको मेलामा ३५ जनाले रोजगारी पाएका हुन् । रोजगारीका लागि ३ सय ५० जनाले आफ्नो नाम दर्ता गराएका थिए ।

महासङ्घको प्रदेश १ का कार्यकारी निर्देशक राधारमण (श्याम) भण्डारीका अनुसार रिलायन्स स्पिनिङ मिल्स, अरिहन्त मल्टीफाइबर्स, प्रगति टेक्सटाइल्स, सुदर्शन सेक्युरिटीलगायत केही होटल र घरेलु उद्योगले मेलाबाट कामदार लगेका छन् ।

रोजगारदाताले कुक, इलेक्ट्रिसियन, प्लम्बर, सरसफाइ गर्ने क्लिनर र मेसिन अपरेटरजस्ता प्राविधिक क्षेत्र तथा लेखा समूहका कामदारको माग बढी गरेको भण्डारीले बताए ।

रिलायन्स स्पिनिङ र अरिहन्त मल्टिफाइबर्स (गोल्छाको जुट मिल)–ले दर्ता भएका तर तत्काल काम नपाएका युवायुवतीलार्ई  तालिम दिएर रोजगारी दिने आश्वासन दिएका छन् ।

रोजगार मेलाको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले गरेका थिए । गत असार २१ र २२ गते भएको मेलालाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विराटनगरस्थित श्रम सूचना केन्द्रले सहयोग गरेको थियो ।