BIZMANDU
www.bizmandu.com

६ महिनापछि बीमा कम्पनीहरुको ‘फोर्सफुल मर्जर’, पूँजी नपुर्याउने र एकै समूहका कम्पनी निसानामा

२०७५ असार २४

६ महिनापछि बीमा कम्पनीहरुको ‘फोर्सफुल मर्जर’, पूँजी नपुर्याउने र एकै समूहका कम्पनी निसानामा
६ महिनापछि बीमा कम्पनीहरुको ‘फोर्सफुल मर्जर’, पूँजी नपुर्याउने र एकै समूहका कम्पनी निसानामा


 
काठमाडौं। चुक्ता पूँजी नपुर्याउने कम्पनीहरुलाई बीमा समितिले 'फोर्स मर्जर' मा लैजाने भएको छ। एकाघर वा समूहको स्वामित्वमा रहेका कम्पनीहरुलाई पहिलो चरणमा फोर्स मर्जरमा लैजाने योजना समितिको हो।
 
'चुक्ता पूँजी बृद्धिको कोर्ष पुरा हुने वित्तिकै हामी फोर्सफुल मर्जरमा जान्छौं' समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले भने, 'मर्जरका लागि हामी धेरै लामो समय दिने पक्षमा छैनौं।'
 
समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब पुर्याउने निर्णय गरेको थियो। पूँजी बृद्धिका लागि समितिले ६ महिनाको समय थप गरिदिएको छ।
 
'६ महिनापछि पनि चुक्ता पूँजी बढाउन नसक्नेहरुलाई मर्जरमा लैजान्छौं' उनले भने, 'त्यसपछि आवश्यकता अनुसार एकाघर र समूहका कम्पनीहरुलाई मर्जरमा लैजान्छौं।' उनले समितिले लिन मर्जर नीति स्वेच्छिक नहुने भन्दै संख्या तोकेरै मर्जरमा लैजाने पक्षमा आँफू रहेको बताए।
 
अहिले १८ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। 
 
चापागाईँका अनुसार मर्जर दुई चरणमा हुने छ। पहिलो चरणमा चुक्ता पूँजी बृद्धि नगर्नेहरुको हुने छ। त्यसपछि एकाघर समूह र परिवारको लगानी रहेका कम्पनीहरुको हुने छ। कम्पनीले गरेको ब्यापार, उसको सञ्जाल बिस्तारलाई पनि मर्जरको आधारका रुपमा लिइने छ।
 
बीमा समितिले मर्जर तथा एक्विजिसन सम्बन्धित नीति ल्याइसकेको छ। त्यसलाई थप परिस्कृत गर्ने पक्षमा समिति छ। उसले नयाँ ऐनको मस्यौदामा पनि मर्जर नीति समेटेको छ। 'ऐन पारित भएर आएमा मर्जर र एक्विजिसनले गति लिने छ' चापागाईँले भने।

Tata
GBIME
Nepal Life