BIZMANDU
www.bizmandu.com

म्यानेजमेन्ट र कानुनमा स्नातकोत्तर गर्नु भएको छ? राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो

२०७५ असार २२

काठमाडौं। राष्ट्रिय बीमा संस्थानले छैटौं तहको सहायक व्यवस्थापक पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले १२ जना सहायक व्यवस्थापक र एक जना सहायक 'ख' पदका लागि कर्मचारी माग गरेको हो। 
 
सहायक व्यवस्थापकको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानुनमध्ये कुनै एक विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ। त्यस्तै सहायक खको लागि पनि सोहि विषयमा स्नातक गरेको हुनु पर्नेछ। 
 
आवेदकले आजको मितिले ३० दिनभित्रमा आवदेन दिनु पर्ने संस्थानले जानकारी दिएको छ। त्यस्तै आन्तरिक रुपमा र बढुवाको लागि पनि आवेदन खुला गरेको छ। आन्तरिक प्रतियोगिताको लागि नायव महाप्रवन्धकदेखि सहायक 'क' सम्मको लागि आवेदन खुला गरेको छ। 

Tata
GBIME
Nepal Life