BIZMANDU
www.bizmandu.com

बैंकमा जागिरको अवसर, काठमाडौं र मोफसलमा तीन बैंकले ट्रेनीदेखि अधिकृतसम्म माग्यो

२०७५ असार १९

काठमाडौं। गरिमा विकास बैंक, पोखरा फाइनान्स र कालिका माइक्रोक्रेडिटले कर्मचारी माग गरेका छन्। गरिमा विकास बैंकले नयाँ शाखाको लागि केही शाखा प्रमुख, केहि बरिष्ठ सहायक र केहि ट्रेनी माग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले बानेश्वर, कुमारीपाटी, सूर्यविनायक चोक, रामबजार पोखरा, दमक झापा, योगिकुटी रुपन्देही, घोराही दाङ, नेपालगञ्ज र धनगढी शाखाकालागि कर्मचारी माग गरेको हो। आवेदकले साउन एक गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

पोखरा फाइनान्सले पनि प्रधान कार्यालयमा एक जना क्रेडिट तथा मार्केटिङ शाखाको लागि बरिष्ठ सहायक, एक जना रिकभरी इन्चार्ज, एक जना सूचना प्रविधी शाखामा सुपरभाइजर र तीन जना पोखरा र नारयणगढकालागि जुनियर सहायक माग गरेको छ। आवेदकले साउन १ गतेसम्ममा आवेदन दिनु पर्नेछ।

यसैगरी कालिमा माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले एक जना बरिष्ठ अधिकृत, एक जना सहायक, सुपरिवेक्षण तर्फ केही सहायक, केही बरिष्ठ सहायक, फिल्ड तर्फ केही सहायक र फिल्ड तर्फनै केही कनिष्ठ सहायकको माग गरेको छ। आवेदकले २१ दिन भित्र आवदेन दिनुपर्ने बैंकले जनाएको छ।