BIZMANDU
www.bizmandu.com

विशाल ग्रुपले अमेरिकी ब्राण्ड ‘वेल्ला’का हेयर केयर प्रोडक्ट भित्र्यायो, ट्रेन्डी लुक्सकालागि

२०७५ असार १७

विशाल ग्रुपले अमेरिकी ब्राण्ड ‘वेल्ला’का  हेयर केयर प्रोडक्ट भित्र्यायो, ट्रेन्डी लुक्सकालागि
विशाल ग्रुपले अमेरिकी ब्राण्ड ‘वेल्ला’का हेयर केयर प्रोडक्ट भित्र्यायो, ट्रेन्डी लुक्सकालागि


Tata
GBIME
Nepal Life

काठमाडौं। अमेरिकी बहुराष्ट्रिय सौन्दर्य प्रशाधन ब्राण्ड वेल्ला नेपालमा भित्रिएको छ।

कोटी इंक कम्पनीको मुख्य हेयर केयर हेयर स्टाइलिङ र हेयर कलर ब्राण्ड वेला प्रोफेसनल्सका साथमा कोटी इंक नेपाली बजारमा आएको हो। ब्यापारिक समूह विशाल ग्रुपले वेल्ला प्रोफेसनल्सलाई नेपाल भित्र्याएको हो।

‘नेपालमा वेल्ला लन्च गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं। नेपालीहरु आफ्नो मेकअप र कपालमा कलर परीक्षण गर्न मन पराउँछन् यसकालागि वेल्ला उचित ब्राण्ड हो।’- विशाल ग्रुपका निर्देशक अर्पित अग्रवालले भने।

प्रोडक्ट लन्चमा १३० भन्दा बढी सलुन स्टाइलिस्टहरु सहभागी थिए। कार्यक्रममा वेल्ला प्रोफेसनल्स क्यापाबिलिटी ब्यबस्थापक नितिन मन्चन्दाले मोडलहरुलाई वेल्लाको स्टाइलिङ प्रोडक्ट र कलर प्रयोग गरी लेटेष्ट ग्लोबल ट्रेन्डका हेयर स्टाइल दिएका थिए।

कोटीका इन्डिनय सब कन्टिनेन्ट प्रोफेसनल एण्ड कन्जुमर ब्यूटी महाप्रबन्धक पी के हरिहरणसमेत उपस्थित थिए। उनले वेल्लाका उत्पादनहरुले उपभोक्तालाई सन्तुष्टि दिने दावी गरे।